लेबल

गुरुवार, 20 जनवरी 2011

के तँपाईलाई थाहा छ?

१) स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो।
२) वर्षाको मापन ओम्ब्रोमीटरको मद्दतले गरिन्छ।
३) हट एयर ब्यालुनको खोज वर्ष १७८३ मा फ्रांसमा भएको थियो।
४) पुतलीहरुले मात्र रातो, हरियो र पहेलो रंग हेर्न सक्छन।
५) बिरालोको प्रत्येक कानमा ३२ मांसपेशिया हुन्छन।
६) मगरमच्छको मुखमा ८२ वटा दाँत हुन्छन।
७) गोरखा राजतन्त्रको नाम सन १९३० मा फेरेर नेपाल राखिएको हो।
८) नेपालमा हिन्दू पगरी लगाई शासन गरेका शाहबंशीय राजाहरूका पूर्खा खाँचा खान मुसलमान थिए।
९) चिनीको बटुको भनेर विश्वमा चिनिने देश क्युबा हो।
१०) तत्कालिन सोभियत संघले सर्व प्रथम 'स्पूतनिक' स्याटेलाईट ४ अक्टूबर, १९५७ मा अन्तरिक्षमा पठाएर एउटा कीर्तिमान स्थापित गर्‍यो।
११) चीनको विशाल पर्खालको निर्माण ईशा पूर्व २२१ मा सम्पन्न भएको थियो।
१२) महान अहिंसावादी नेता महात्मा गान्धीको जन्म २ अक्टोबर १८६९ मा भएको थियो।
१३) सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो।
त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो।
१४) भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई 'एडम्स ब्रीज' भन्छन।
१५) अमेरिकाको अन्तरिक्ष केन्द्रलाई 'केप केनेडी' भन्छन्। यो फ्लोरिडा राज्यमा अवस्थित छ।
११ सेप्टेम्बर २००१ का दिन अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकवादी हमला हुँदा हजारौंको संख्यामा निर्दोष नागरिकहरू मारिएका थिए।
१६) सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो।
१७) हाल नेपाल समेत हिमालय पर्वतश्रेणी रहेको भूभागमा ४ करोड ५० लाख बर्षपूर्व टेथिस सागर नामको समुन्द्र थियो।
१८) वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ।
१९) पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो।
२०) हिरोशिमामा प्रथम अणुबम बिस्फोट ६ अगस्त १९४५मा भएको थियो।
२१) "दी म्याग्नेट" पुस्तकका लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ।
२२) भारतमा इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर सन् १६०० मा भएको थियो।
२३) सगरमाथा (Mount Everest) मा सन् १९५३ मे ९ मा पहिलो पटक मानव पाइला परेको थियो।
२४) प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो।

साभार: विकिपीडिया २०११_०१_२०

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें