लेबल

About Computer.... लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
About Computer.... लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

सोमवार, 5 अक्तूबर 2015

फेसबुकमा अटोप्ले हुने भिडियो बन्द गर्ने तरिका

फेसबुकमा अटोप्ले हुने भिडियो बन्द गर्नको लागि निम्न कार्यहरु गर्नुहोस:
१. फेसबुक Login गर्नुहोस
२. फेसबुकको सेटिंग मा जानुहोस
३. Setting मा गएपछी Videos मा क्लिक गर्नुहोस।

सोमवार, 10 नवंबर 2014

If you want to rotate Video in VLC

यदि तँपाइ आफुले हेरेको भिडियो VLC सफ्टवेयर प्रयोग गरेर तल, माथि, दायाँ, बायाँ फर्काउन चाहानुहुन्छ भने तलको बुँदाहरु पछ्याउनुहोस् ।

चाहिने सामाग्रीहरुः
@ VLC Installed Computer
@कुनै पनि भिडियो

गर्नुपर्ने कामहरुः

१, पहिला VLC बाट कुनै पनि भिडियो खोल्नुहोस्
२, त्यसपछि Tools मेनुमा जानुहोस
३, अनि track synchronization मा Click गर्नुहोस

४, अनि देखिने Massage box मा Video effect मा क्लिक गर्नुहोस्
५, Video effect बाट Geometry मा क्लिक गर्नुहोस
६, Transform मा क्लिक गरि tick मार्क लगाउनुहोस यो फोटोमा झैं 

त्यहाँ आउने Drop down box मा दिएको मध्यमा तँपाइलाई चाहिने Option छान्नुहोस् 
७, Close मा Click गर्नुहोस, तँपाइको भिडियो आफै Save हुनेछ ।






शुक्रवार, 1 अगस्त 2014

के हो Multcloud?

यदि तँपाई Internet को पहुँचमा हुनुहुन्छ भने तँपाईको Online मा Storage गर्ने
Account त अबस्य छ होला जहाबाट तँपाईले आफुले अरुलाई कुनै फाईल दिनु वा लिनु छ भने सजिलै एकै ठाउँमा बसेर Internet को पहुँच भएको स्थान जहाँपनि पठाउन सक्नु हुनेछ साथै पाउन पनि सक्नुहुनेछ । जसमा तँपाईले प्रयोग गरिरहनुभएको Google drive, Open drive, Sky drive, Drop box, One drive जस्ता Drive देखि लिएर Sugarsync, My drive, FTP/SFTP , Hidrive हरुमा पनि तँपाईको Account होला जुन हरेक को लागि छुट्टा छुट्टै Account बनाउनुभएको होला जसबाट आफ्नो कामहरु गरिरहनु भएको होला । हरेकको भिन्नाभिन्नै Account बाट चलाउन चाहानुहुन्छ भने त ठिकै छ त्यो तँपाईको कुरा हो, यदि तँपाईले तँपाईको जतिपनि Online Storage हरु छ त्यो एकै Account बाट चला‍उन, समयको सदुपयोग गर्न, सबै Online Storage Drive हरु एकै ठाउँबाट चलाउन मन छ भने,

यो हो Multcloud।

शुक्रवार, 26 जुलाई 2013

OS installed Drive/System Disk Partition को बारेमा

के तपाईलाई तँपाईको Computer मा OS Installed Drive मात्र  र ठुलो Size को छ र तँपाईलाई अर्को Drive चाहिएको छ तर तँपाईहरुले Drive Partition गर्न सक्नुभएको छैन भने आउनुहोस तँपाईले अलिकति समय खर्च गर्नुभयो भने तँपाईले कम्प्युटरमा आफुले चाहेको Size, Name मा Partition गर्न सक्नुहुनेछ र चाहेको फाईलहरु Save गर्न सक्नुहुनेछ । लौ त तलको Step हरु गर्नुहोस विस्तारै अनि अन्त्यमा Computer Restart गर्नुहोस तँपाईको तँपाईले चाहानुभएको Partition तयार भएको हुनेछ । यो AOMEI Tecknology ले ल्याएको Free मा चलाउन सकिने Disk Partition Software हो ।

सर्वप्रथम यो Software Lite को लागि यहाँ क्लिक गरेर

शनिवार, 22 जून 2013

Vedio Download गर्ने अर्को Tolls: Freemake Vedio Downloader



सायद सबैलाई यु-ट्युबमा Vedio हेरेपछि computer मा कसरी Save गर्ने भनेर विभिन्न तरिकाहरु अपनाएको पाईन्छ । कसैले Speedbit Vedio Downloder & Converter, कसैले FreeDownload manager, Real player (Gold), Cache को प्रयोग गरेर Youtube , Metacafe, Facebook, Vimeo, Veoh, Dailymotion and 10,000 भन्दा वढि Vedio Site बाट Vedio आफ्नो इच्छा अनुसार कम्प्युटरमा सेभ गरी आफुले चाहेको अनुसारको Device मा राखेर चलाउने गरेको पाईन्छ । यसै गरी म यस पोष्टमा अर्को तरीकाले Vedio सेव गर्ने Tolls को बारेमा जानकारी राखेको छु । यो Free मा download गर्न पाईने tools हो ।
यसका विशेषता र कार्यहरु:
- Free मा पाईन्छ
- सजिलै आफुले चाहेको Format मा Vedio डाउनलोड गर्न सकिन्छ ।
- चाहेको Quality मा Vedio  डाउनलोड गर्न सकिन्छ ।
  
यस्कोलागि हामीले गर्नुपर्ने प्रकृयाहरु यसप्रकार रहेका छन् :

गुरुवार, 30 मई 2013

Ccleaner र Application remover/ Revo unistaller को संयुक्त रुप: Fcleaner


तँपाईले कम्प्युटरमा नचाहिने Temp Files, Cookies, History files हटाउनको लागि प्रयोग गर्नुभएको Cleanup tools   तँपाईले कम्प्युटरबाट कुनै Application हटाउनको लागि प्रयोग गर्नु Application Remover, Unistaller, revoinstaller  जस्ता tools हरु प्रयोग गर्दै आउनु भएको छ भने अब यि सम्पर्ण tools को सट्टा यो Fcleaner भन्ने फ्रि मा पाईने tools को प्रयोग गर्नुभयो भने तँपाईले माथिका सम्पुर्ण क्रियाकलापहरु यहि tools को माध्यामबाट गर्नसक्नुहुनेछ । यसलेगर्दा तँपाईको कम्प्युटरको Space खालिहुनगई  कम्प्युटरले काम पनि छिटो गर्नुको साथै हार्डडिस्कको खालि ठाउँपनि बढ्न गई अरु सुबिधा पनि जोड्न मिल्छ कि कसो?

यस्ले निम्‍न कामहरु गर्छ:

बुधवार, 3 अप्रैल 2013

वेबमा भाईरसको संक्रमण थाहा पाउने तरिका

तँपाईले चलाईरहनु भएको Website कतिको सुरक्षित छ, कतै Virus बाट संक्रमित छ कि ? यदि ति वेब साईट खोल्दा, चलाउँदा शंका लागेको छ भने तैपाईले चलाउने गरेको Website आफै जाँच्न सक्नुहुनेछ। तँपाईले वेबसाईट जाँच्नको लागि यहाँ वा यहाँ Click गर्नुहोस र तँपाईले चलाउने गर्नुभएको वेबसाईटको Address Type गर्नुहोस अनि Enter गर्नुहोस, केहि समय पछि तँपाईले चलाउनुभएको वेब कस्तो प्रकारको छ देख्‍नुहुनेछ।

जहाँ तँपाइले आफ्नो Account पनि बनाउन सक्नुहुनेछ।

रविवार, 27 जनवरी 2013

ल फेसवास आयो फेसबुकको !!!



तँपाईले Facebook चलाउनु हुन्छ भने तँपाईको फेसबुकमा कहिले काहि इच्छा नभएको फोटोहरु अंकित भएर आऐका हुनसक्छ साथै तँपाईलाई कोहिकसैको Comment पनि मन नपरेको हुनसक्छ। अब तँपाईले चिन्ता लिनु नपर्ने भएको तँपाईको साथमा अब FACEWASH  आएको Camden Fullmer@camdenfullmer, Daniel Gur@danielgur, David Steinberg@dawestein  बाट निर्मित यो Application ले तँपाईको Facebook Account को नचाहिदो Comment, फोटो आदि हटाउने तँपाईको Facebook  Account चिटिक्क हुने छ।
Facebook Account चिटिक्क बनाउन तलका काम गर्नुहोस

शनिवार, 26 जनवरी 2013

के हो? coursera.org






Coursera.org, आजको कम्प्युटर र Internet को जमानामा विश्‍वविद्यालयमा गएर पढ्नु पर्ने जस्ता कुरालाई Internet  को सहायताले घरको Computer  मा नै बसेर पढ्न चाहाना राख्‍ने जो कोहिले पनि निशुल्क रुपमा अध्ययन गर्न सकिने Web हो। यस वेबसाईट मार्फत तपाईले प्रिन्सटन, ड्युक, भर्जिनिया जस्ता विश्वप्रसिद्द ३० भन्दा बढी विश्‍वविद्यालयहरुको कोर्ष अनलाईन पढ्न सक्नुहुन्छ । यस साईटमा तँपाले संगित देखी गणीत सम्मका कोर्षहरु पढ्न सक्नु हुन्छ। यदि तँपाईपनि Internet को सहायताबाट पढ्न र जान्न चाहानुहुन्छ भने यो लिंक भित्र गएर हेर्नुहोला।

रविवार, 23 सितंबर 2012

Login IDs कसरी हटाउने ?

तँपाईले कहिलेकाहि internet मा आफ्नो Account Login गर्दा अरुले Login गरेको Account ID हरु देखेर दिक्क हुनुभएको छ र ति सम्पुर्ण ID हरु हटाउन चाहानुहुन्छ भने तलको Step हरु Follow गर्नुहोस्:

१. Open Your Internet Explorer Browser
२. Go to Tolls Menu
३. Go to Internet Options
४. Content
५. त्यसपछि देखिने Windows मा Auto Complate को Settings मा Click गर्नुहोस
६. अब देखिएको Windows मा Address bar, Forms, User names and...... को Tick Mark हटाउनुहोस
७. Click on Delete the AutoComplete History to delete all the saved user ids.
८. Click OK, and then click OK again.   अब तँपाईको IDs हटेको हुनेछ।    

मंगलवार, 17 जुलाई 2012

तँपाईको कम्प्युटरमा प्रयोग गरिएको Driver बारे थाहा पाउनुहोस ।

यो एक Tools, जसले तँपाईको कम्प्युटरमा रहेको, तँपाईले उपभोग गरिरहेको Driver हरुको बारेमा सम्पुर्ण जानकारि दिन्छ। जसबाट तँपाईले Driver को Birth, Version, Product name, Company Name, File type जस्ता सम्पुर्ण जानकारि थाहा पाउन सक्नुहुनेछ।


यो Tolls Download गर्न भित्र आउनुहोस....

रविवार, 8 जुलाई 2012

RELLY भोलिबाट तँपाईको कम्प्युटरमा इन्टरनेट चल्छ?

भोलीको दिन देखि तँपाईको कम्प्युटरमा इन्टरनेट नचल्न पनि सक्ने चेतावनि अमेरिकाको एफ. बि. आई. ले जनाएको छ। जुलाइ ९ अर्थात असार २५ गते सोमबारबाट तँपाईको कम्प्युटर ह्याकरहरुको नियन्त्रमा छ भने कुनै पनि साईट खुल्न सक्दैन। यस एफ. बि. आई. का अनुसार विन्डोज अपरेटिङ सिस्टममा भएको कमजोरिको फाइदा उठाउँदै विभिन्न सफ्टवेयरहरु ईन्सटल गरेको र एन्टिभाइरस अपडेट पनि अफ गराई, अमेरिकामा ८५ हजार सहित विश्वभर ५ लाख ७० हजार भन्दा बढि क्म्प्युटर ह्याकरहरुको नियन्त्रणमा रहेको जनाएको छ। तर तँपाईको कम्प्युटर तँपाई आफैले जाँच्न सक्नुहुनेछ र एफ. बि. आई. ले दिएको जानकारि अनुसार तँपाईको कम्प्युटरमा समस्या छ भने समाधान गर्ने उपाय पनि सिकाइएको छ।

बुधवार, 4 जुलाई 2012

कुनै Software बिना नै Youtube बाट भिडियो Download गर्नुहोस।

Youtube is the world's largest video sharing website. Youtube is a collection of music videos, movies, sports videos, documentries, tutorials, etc . You can find out in web that there are various method of downloading videos from youtube to your computer disk. I am going to tell you one of the easiest method for downloading youtube videos without any help of any kind of software. This trick will help you to download youtube videos easily without using any software.

Go to www.youtube.com. Open the page of the video you want to download.
Add "ss" between the www. and the youtube.com section of the URL then Enter.
Example:

बुधवार, 6 जुलाई 2011

Clean Up Tools ले राख्छ तँपाईको कम्प्युटरलाई क्लिन

यो Tools को सहयोगबाट तँपाईहरुले आफ्नो कम्प्युटरमा रहेको काम नलाग्ने फाईलहरु सजिलै हटाउन सक्नु हुनेछ जसले गर्दा तँपाईको क्म्प्युटरको गति वढ्नुको साथै तँपाईको Hard drive को  खालि ठाउँ पनि बढ्छ। यो Software चलाउनको लागि तलका बिधी हेर्नुहोला। 

+ पहिला यो Software Download गर्नुहोस र तँपाईको कम्प्युटरमा Install गर्नुहोस।
+ जब तँपाईले यो Software Open गर्नुहुन्छ अनि तँपाईले Option बटनबाट कुन प्रकारको फाईल delete गर्ने हो  त्यो मिलाउन सक्नुहुनेछ
‌+ Clean Up बटनमा क्लिक गर्नुहोस।
+ अव तँपाईको Clean up ले काम गर्न सुरु गर्छ। कुनकुन फाईल Delete हुदै छ त्यो देख्‌न सक्नुहुनेछ‌‌ । Files Deleted बाट कति वटा फाईल Delete भयो थाहा पाउनु हुनेछ अनि Bytes Freed  बाट  तँपाईको हार्ड-ड्राइभमा कति space  खालि भयो यो जानकारि पाइन्छ।
‌‌+ अन्तमा Clean Up! finished on --date---/---Time--- आएपछि Close बटनमा क्लिक गर्नुहोस।
‌+ अब तँपाईको कम्प्युटर Restart हुन्छ। 
 अब तँपाईको काम सकियो, यसैगरि तँपाईले चाहेको समयमा यो सफ्टवेयर चलाउन सक्नुहुनेछ।

 यो software Download गर्न यहाँ क्लिक गर्नुहोस। यसबारे अझ जानकारि चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस।

बुधवार, 1 जून 2011

OpenDrive को बारे जानकारी

यो एक online कुनै पनि फाइलहरु राख्नको लागि कामलाग्ने Software हो। तँपाईले यहाँ 5 GB सम्म फ्री मा Online मा आफ्नो डाटाहरु राख्न सक्नुहुनेछ। तँपाईले यहाँ क्लिक गरेर सिधै आफ्नो Account खोल्नुहोस र त्यहाँ बाट पनि तँपाईले upload गरेर फाईल राख्न सक्नुहुनेछ साथै XP  यहाँ क्लिक गरेर आफ्नो Account को Password र User Name प्रयोग गरी आफ्नो कम्प्युटरमा पनि c:  र d: Drive जस्तै Open Drive राख्न पनि सक्नुहुनेछ। अनि आफ्नो साथीहरुलाई फाइलहरु Share गर्न पनि सकिने यो Software कस्तो लाग्यो?


यो Software Download गर्न यहाँ क्लिक गर्नुहोस। (Windows XP र 32bit of Windows 7)
यो Software Download गर्न यहाँ क्लिक गर्नुहोस। (Windows Vista र 64bit of Windows 7)


बुधवार, 11 मई 2011

कम्प्युटर छिटो Shut down गर्ने तरिका

यो तरिका तँपाईहरु हतारमा भएको समयमा काम लाग्न सक्छ। कसरि गर्ने त ?, यसबारे तलका Step हरु हेर्नुहोला।

१. Ctrl+Alt+Del एकसाथ थिच्नुहोस
२.त्यसपछी Shut Down मेनुमा जानुहोस र क्लिक गर्नुहोस
३. Ctrl कि थिचिबसेर Turn Off  मा गएर  क्लिक गर्नुहोस र केहिसमय पछि Ctrl कि थिच्न छाड्नुहोस

तँपाईको काम सकिएको छ, केहिक्षणमा नै कम्प्युटर Off  हुनेछ।

यो तरिका Windows कम्प्युटरमा मात्र चल्छ।

Try it, When you are in busy.........

शनिवार, 2 अप्रैल 2011

No need Internet to sufer site, कसरी?

            तँपाईलाई कहिलेकाही आफूलाई मन परेको वेबसाईटलाई ईन्टरनेट नभएको ठाउँमा पनि हेर्नमन लाग्छ भने तँपाईलाई यो सफ्टवेयर कामलाग्न सक्छ। यो HTTrack सफ्टवेयरले जुनसुकै वेबसाईटलाई तँपाईको कम्प्युटरमा वा External Hadrdisk जतापनि save गर्न सक्नु हुनेछ र चाहेको समयमा Online को जस्तै चलाउन सक्नुहुनेछ। अनि फाइलहरु Orginal Site को जस्तै चलाउन सक्नुहुनेछ। यसबारे अझ बढी जानकारी लिन यहाँ क्लिक गर्नुहोस।

अनि यो सफटवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस।


यो सफ्टवेयर चलाउने तरिका:

१,  यो सफ्टवेयर Download, Install गर्नुहोस।
२,  Software खोलेर तल Next बटन थिच्नु होस।
३,  Project name भन्ने ठाउँमा कुन वेबसाईट saveगर्न लाग्नु भएको हो त्यो वेबसाईटको तँपाईले  चाहेको
नाम हाल्नुहोस। जस्तै- www.sunpati.blogspot.com को लागि Sunpati, www.ekantipur.com/को लागि
Kantipur
४, Browse बाट Save गर्ने ठाउँ छान्नुहोस।
५, Action मा download web site(s) राखेर Web Address:(URL) मा वेब को Full Address लेख्नुहोस अनि
Next Button मा क्लिक गरेपछि वेबसाइट कपि हुन थाल्नेछ। कपि भईसकेपछि तँपाईले save गरेको 
     ठाउँमा एउटा Folder देख्नुहुनेछ। त्यहाँ भित्र गएर Index फाईलमा Double Click गर्नुहोस।

यदि धेरै लिंक भएको वेब छ भने धैरै समय लाग्न सक्छ। यो साईटको बनोटबाट थाहा हुन्छ।



Have fun.......

बुधवार, 2 मार्च 2011

टिम भ्युअर के हो? What is Team Viewer?

                 तँपाईलाई एक ठाउँमा बसेर साथीको कम्प्युटर चलाउन मन लागेको छ भने यो software डाउनलोड गरेर तँपाईको कम्प्युटरमा Install गर्नुहोस अनि साथीको कम्प्युरटरमा पनि यो Software Install गर्न लगाउनुहोस। तँपाईले यसको माध्यामबाट file transfer, Chat, Audio, Vedio Chat जस्ता सुबिधाको प्रयोग गर्न सक्नुहुनेछ। यो फ्रि मा पाईने Software भएको हुनाले Internet उपलब्धहुने स्थान जहाँपनि यसको प्रयोग गर्न सकिन्छ। यो प्रयोग गर्नको लागि तल दिईएको step हरु गर्दै जानुहोला। यसबाट तँपाईले जुनसुकै ठाउँमा रहेको साथीको कम्प्युटर चलाउन सक्नुहुनेछ। यो Software, Windows, Mac, Linux, Mobile जस्ता प्रबिधिहरुबाट चलाउन सकिन्छ।

       पहिला यहाँबाट Software download गर्नुहोस। तँपाईको साथीलाई पनि download गर्न लगाउनुहोस र Install गर्नुहोस। त्यहाँ ID र password राख्ने ठाउँ Display भएको हुन्छ, त्यस्तै तपाईंको साथीकोमा पनि display भएको हुन्छ । तपाईंले connect गर्नचाहनु भएको साथिको ID र password मागेर आफ्नोमा Partner ID र Password राखी connect मा क्लिक गर्नुहोस connect भएपछि तपाईंको डेस्कटपमा साथीको डेस्कटप display हुनेछ , त्यसपछी तपाईंले option मा remote suport , file transfor आदी छान्नसक्नु हुनेछ । एक चोटि connect भई सके पछि तपाईंले आफ्नो कम्प्युटरमा save गरेको Data हरु साथीको कम्प्युटरमा पठाउन सक्नु हुनेछ वा साथीको Data हरु आफ्नोमा transfor गर्न सक्नु हुनेछ तर यो सफ्टवेर चलाऊदा आफ्नो ID र password जो सुकैदिनु राम्रो हुदैन नत्र तपाईंको महत्वपूर्ण फाइलहरु तपाईंको partner ले यताउता वा Delete गरी दिन सक्छ।

यो सफ्टवेयर यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ। यसको बारेमा अझै बढि जानकारि चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस।

रविवार, 20 फ़रवरी 2011

Windows XP र Vista मा लुकेको Bluetooth सेवाको बारेमा सानो जानकारी।

                यो तरिका एक पुरानो तरिका भएपनि  यस तरिकाको बारेमा जानकारी नहुने जो कोहिलाईपनि यो तरिका काम लाग्न सक्छ। यसको लागि तँपाईले कुनैपनि Software हरु Download गरेर Install गरिरहनु पर्दैन। तँपाईले आफ्नै कम्प्युटरबाट यो तरिकाबाट फाइलहरु आदानप्रदान गर्न सक्नुहुन्छ। यो Windows XP र Vista मा काम लाग्ने तरिका हो।


यसको लागि तलको प्रकृयामा जानुहोस
                  सर्वप्रथम तँपाइ Start बटनमा गएर क्लिक गर्नुहोस। अनि Run मा जानुहोस अनि खुलेको Prompt Box मा fsquirt लेख्नुहोस र Enter/Ok गर्नुहोस केहिसमय पछि Welcome to Bluetooth File Transfer Wizard भन्ने Window देखापर्छ। अब तँपाईले File पठाउने प्रकृयामा जानको लागि Next मा क्लिक गरेर Bluetooth Device Browse गर्नुहोस अनि file हरु आदानप्रदान गर्नुहोस।