लेबल

बुधवार, 2 मार्च 2011

टिम भ्युअर के हो? What is Team Viewer?

                 तँपाईलाई एक ठाउँमा बसेर साथीको कम्प्युटर चलाउन मन लागेको छ भने यो software डाउनलोड गरेर तँपाईको कम्प्युटरमा Install गर्नुहोस अनि साथीको कम्प्युरटरमा पनि यो Software Install गर्न लगाउनुहोस। तँपाईले यसको माध्यामबाट file transfer, Chat, Audio, Vedio Chat जस्ता सुबिधाको प्रयोग गर्न सक्नुहुनेछ। यो फ्रि मा पाईने Software भएको हुनाले Internet उपलब्धहुने स्थान जहाँपनि यसको प्रयोग गर्न सकिन्छ। यो प्रयोग गर्नको लागि तल दिईएको step हरु गर्दै जानुहोला। यसबाट तँपाईले जुनसुकै ठाउँमा रहेको साथीको कम्प्युटर चलाउन सक्नुहुनेछ। यो Software, Windows, Mac, Linux, Mobile जस्ता प्रबिधिहरुबाट चलाउन सकिन्छ।

       पहिला यहाँबाट Software download गर्नुहोस। तँपाईको साथीलाई पनि download गर्न लगाउनुहोस र Install गर्नुहोस। त्यहाँ ID र password राख्ने ठाउँ Display भएको हुन्छ, त्यस्तै तपाईंको साथीकोमा पनि display भएको हुन्छ । तपाईंले connect गर्नचाहनु भएको साथिको ID र password मागेर आफ्नोमा Partner ID र Password राखी connect मा क्लिक गर्नुहोस connect भएपछि तपाईंको डेस्कटपमा साथीको डेस्कटप display हुनेछ , त्यसपछी तपाईंले option मा remote suport , file transfor आदी छान्नसक्नु हुनेछ । एक चोटि connect भई सके पछि तपाईंले आफ्नो कम्प्युटरमा save गरेको Data हरु साथीको कम्प्युटरमा पठाउन सक्नु हुनेछ वा साथीको Data हरु आफ्नोमा transfor गर्न सक्नु हुनेछ तर यो सफ्टवेर चलाऊदा आफ्नो ID र password जो सुकैदिनु राम्रो हुदैन नत्र तपाईंको महत्वपूर्ण फाइलहरु तपाईंको partner ले यताउता वा Delete गरी दिन सक्छ।

यो सफ्टवेयर यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ। यसको बारेमा अझै बढि जानकारि चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोस।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें