लेबल
- About Computer.... (28)
- Artical (24)
- G.K. (5)
- Gadget (2)
- General Knowledge (5)
- Internet Sansar (9)
- Quotation (3)
- Videos (3)
बुधवार, 6 मई 2026
आरिसको परिणाम
मंगलवार, 21 अप्रैल 2026
त्यो बेला !!!
रविवार, 19 अप्रैल 2026
तिमि थियौ र त म थिएँ
तिमि थियौ र त म थिएँ
अँध्यारो गल्लीमा हराएको एक निरीह पथिक जस्तै थिएँ म,
कुनै अर्थ नभएको, एउटा बेवारिसे शब्द जस्तै थिएँ म ।
शून्य आकाशमुनि एक्लै टोलाइरहेको बेला,
मेरो जीवनको रित्तो पानामा तिमीले रङ भरिदियौ,
अनि त बल्ल एउटा पूर्ण कथा जस्तै बनेँ म ।
तिमि जून बनेर आयौ मेरो कालरात्रि चिर्न,
तिमि घाम बनेर आयौ मभित्रको जमेको शीत टिप्न ।
मरुभूमिको तातो बालुवामा तिमीले शितलताको आभास दियौ,
मेरो ओइलाएको सपनालाई आफ्नै पसिनाले सिञ्चित गरिदियौ ।
त्यो तिम्रो साथको न्यानोपनले गर्दा नै त,
आज यो दुनियाँसँग आँखा जुधाएर बाँच्न सक्ने भएँ म ।
कहिले ओत बन्यौ झरीमा, कहिले सहारा बन्यौ थकाइमा,
तिमीले नै विश्वास भर्यौ मेरो हरेक धर्मराउँदो हिँडाइमा ।
यदि तिमी नभएको भए, म त केवल एउटा छाया हुन्थेँ,
कुनै अस्तित्व नभएको, एउटा व्यर्थको माया हुन्थेँ ।
मेरो पहिचान, मेरो अस्तित्व र मेरो यो मुटुको धड्कनमा,
तिमी नै त छौ, मेरो हरेक सफलताको स्पन्दनमा ।
मेरो हाँसोमा तिम्रो ओठको मुस्कान मिसिएको छ,
मेरो खुसीमा तिम्रो अथाह त्याग र समर्पण गाँसिएको छ
आज जे छु, जस्तो छु, सबै तिम्रै मायाको प्रतिबिम्ब हो
मेरो यो जीवन तिम्रै प्रेरणाले सजिएको एक सुन्दर बिहानी हो
त्यसैले त आज म गर्वका साथ भन्न सक्छु
हो, तिमि थियौ र त म थिएँ, तिमी छौ र त आज म छु
(यात्राका यात्रिहरुले पुरै यात्रामा साथ नहुँदा)
रविवार, 1 मार्च 2026
पसिनाको मूल्य र युद्धको छायाँ
तातो बालुवा, चर्को घाम, निधारमा पसिना,
सम्झनामा झलझली आउँछ, त्यही सानो मझेरी र आँगन।
गाउँको ओतमा बुढाबुढी बा-आमा, टोलाउँदै बाटो हेर्छन्,
“छोरो या छोरि कहिले फर्किएला?" भन्दै, हरेक पल औँला भाँच्छन्।
असीम आशा बोकी छुट्टिएका ती जोडी, मनभरी माया लिएर,
बन्द कोठामा आँसु लुकाउँछन्, भिडियो कलमा मुस्कुराएर।
“बाबा वा आमा कहिले आउनुहुन्छ?" भन्दै तोते बोलीमा सोध्ने सन्तान,
तिनकै भविष्यका लागि त हो, यो पराइ भूमिमा सुम्पेको ज्यान।
तर आज मन काँप्छ, समाचारमा बम र मिसाइलको गडगडाहट सुन्दा,
दुई छाक टार्न हिँडेकालाई, मृत्युको भयले घेर्दा।
रगतले भिजेको माटोमा, कतै आफ्नै सपना त पुरिने होइन?
स्वदेश फर्कने त्यो जहाज, बाकस बनेर आउने त होइन?
हे दैव! कस्तो यो नियति, जहाँ पसिनाले खुसी किन्नु पर्छ,
एकातिर परिवारको भोक, अर्कोतिर युद्धको गोला बर्सिन्छ।
शान्ति मिलोस् ती मनहरूलाई, जो परदेशमा पिल्छिएका छन्,
सकुशल फर्कून् ती पाइलाहरू, जो घर पुग्न तड्पिएका छन्।
(२०८२ फागुन १६, अमेरिका, इज़रायल, इरान र लगायत वरपर देशहरुमा बम, बारुद, मिसाइल झर्दा अनि त्यहाँ काम गरिरहेका नेपालीहरु सम्झिदै)
शनिवार, 21 फ़रवरी 2026
घोचेर हैन सोचेर बोलौं !
चुनाव त आउँछ जान्छ, यो एउटा मेला हो
शुक्रवार, 1 अगस्त 2025
ऊ फेरि गयो!
वैदेशिक यात्रा गर्दैछ भाइ,
आशाको झोला बोकी टाढा जाँदैछ गाउँ छोडी।
छोरीको हाँसो, बाबुको माया,
श्रीमतीको न्यानोपन, आमाको साया।
सासु विधुवा, नातिको आश,
घरको झ्यालमा आँखा टोलाउँदै बास।
धरानको आँगन, सम्झनाको भारी,
मन रुन्छ तर सपनाको छ यात्रा जारी।
दुःखको बादल पार गर्न सजिलो छैन,
तर परिवारको मुहारमा खुशी ल्याउन छैन कहिल्यै देन।
विदेशी भूमिमा तिमी सफल बन,
घर फर्किदा साथ सबैको रहोस् नयन।
२०८२-०४-१४
रविवार, 5 मार्च 2023
जब त्यहाँ पुग्छु, नयनहरु छरिईरहन्छ
नयनहरु धेरै तड्पिरहि रहन्छ
अनि जन अलि उकालो काटीरहँदा
थकित नयनहरु अनायासै थन्किरहन्छ
के यो मेरो स्वार्थ हो, भन्छन् आँखाहरु
होइन यो त भन्छ मनले, मानवता
यो तडपाई सोच्छ के यो सम्बन्ध हो? भन्छ मनले
भन्छ फेरि यो मनले यो त हो भन्छ मित्रता
हुन त स्वार्थ, विकृती, विसंगती विचमा
यस्तो हुदैन भन्दै मन बुझाउँछु अनि
उहाँ पो निस्वार्थ, निस्कपट जस्ता हुनुहुन्छ
एक ठेस पनि नलागोस प्रथाना छ यस्थे रहोस भनी
२०२३-०२-२८
शुक्रवार, 20 मई 2016
मनको कुरा मनसँग
"तँपाईलाई कस्तो छ?"
"खाना खानु भो?"
"चिया नास्ता भो?"
"स्वास्थ्य कस्तो छ?"
"टेक केयर"
"बाई"
यस्ता प्रश्नहरुको उत्तर आदान प्रदान हुँदाहुँदै, तिमिलाई भेट्ने मेरो चाहानाहरु उर्लिएको छाल बनेर आईरहन्थे र त बेलाबेलामा तिमिलाई भेट्न, देख्नको लागि तिम्रो घर नजिकैको पानि भर्ने पँधेरोको माथि रहेको रुखमा बिहानीको लालि अनि गोधुलिमा तिमिलाई हेर्नकै लागि म पर्खि रहन्थें, तिमिलाई एकदिन नछुटाई हेरिरहुँ जस्तो लागिरहन्थ्यो । लाग्थ्यो तिमिलाई सँधै आफ्नो साथमा नै राखौं अनि मन लागेको बेलामा सुटुक्क तिमिसँग मनमा लागेका कुराहरु तिमिलाई सुनाउँ, सदैव तिम्रै अंगालोमा अंगालिईरहन पाउँ जस्तो, समय-समयमा तिमि हाम्रो घरको वरपर आउँदा पनि मलाई शितलताको अनुभव हुन्थ्यो।
गुरुवार, 9 अप्रैल 2015
म बिरामी छु
सोमवार, 2 फ़रवरी 2015
कविता साह्रै राम्रो
तर हेर्दै हेरिनँ
दोश्रो पटक पनि फिस्स मुस्कुराइयो
र पनि केहि बोलिएन
तेश्रो पटक उनले सबै देखाउँदा नि
मैले वास्ता नै गरिनँ
दाजुको आज्ञाले हेरेँ, हाँसे
त्यसपछि मैले नथाकुन्जेल छोड्दै छोडिनँ
अनि उनलाई नथाकुन्जेल पढेँ
उनको अस्विकृत भाव देख्दै देखिनँ
अझ भित्र पसेँ , खोतल्दै खोतल्दै
र पनि स्विकार्य भाव नै पाएँ
अनि दाजुको साभारित "रवि नपुगेको ठाउँमा कवि पुग्छन्" उक्ति साह्रै राम्रो
साँच्चै हो दाजै तँपाईले टुइटेको कविता साह्रै राम्रो, साह्रै राम्रो
(२०१५-०२-०२ मा खड्का दाजुले टुइटेको कविता पढ्दा)
शनिवार, 21 जून 2014
म ईमान्दारी
दियौ, दिईएँ
लियौ, लिईएँ
देखायौ, देखिएँ
हेरायौ, हेरिएँ
समात्यौ, समातिएँ
लेखायौ, लेखेँ, लेखिएँ पनि
सुतायौ, उठयौ, जे जे मन लाग्छ गर्यौ त्यहि त्यही
यस्तै यस्तै मा रमेको छ मेरो ईमान्दारी
बुधवार, 13 फ़रवरी 2013
पैसा
मन सोच्छ पैसा,तन खोज्छ पैसा
आँखा रोज्छ पैसा,त्वचाले पनि छुन खोज्छ पैसा
आगो,हावा,पानि,माटो सबैले खोज्छ पैसा
वटुवा,भरिया,साहु सबैको चाहाना पैसा
चोर,सज्जन,महाजन सबैलाई चाहिने पैसा
मेहनतिले पनि पैसा,अल्छिले पनि पैसा
शिक्षामा पैसा,भिक्षामा पैसा
पसिनामा पैसा,मसिनामा पैसा
हाँस्नलाई पैसा,बाँच्नलाई पैसा
भेटिमा पैसा,केटाकेटीमा पनि पैसा
किन्न,बेच्न सबैमा लाग्छ पैसा
उड्न,गुड्न सबैठाउँमा पैसा नै पैसा
खै के गर्न सकिन्छ? यो संसारमा
हेर्न,छुन,सुघ्न,सुन्न,चाख्न सवैमा लाग्छ पैसा
हुँदा हुँदा वाँच्नको त के कुरा यहाँ
मर्न पनि लाग्ने भो पैसा
- by Komintal Thami
मंगलवार, 12 फ़रवरी 2013
स्वार्थी भाछु म
पराई हेर्छु,स्वार्थिपन भरिपुर्ण नै देख्छु
मेरो त आँखा नै स्वार्थी भयो जस्तै छ
जताततै केवल यस्तै यस्तै मात्र देख्छ
देश बिग्रेर के भो त,घर सप्रेकै छ
हिमाल,पहाड,तराई रोएर के भो त,मन हाँसेकै छ
जो जति देखिन्छ,यस्तै नै देखिन्छ
भोको पेटले पनि आफू भरिनै मात्र खोज्छ
निस्वार्थिपन त औषधि नै भईसकेको रहेछ
मुल्यमा नपाईने,अनमोल भाको रहेछ
पाईए पनि ऊ पनि स्वार्थबाट छुट्ने स्वार्थ भित्र नै रहेछ
यस दुनियामा निस्वार्थ भई बाँच्न नसकिने रहेछ -by Komintal
सोमवार, 11 फ़रवरी 2013
फेसबुक (अनुहार किताब)
नेपालको बजारमा यहि नै छ निकै सस्तो
जान्नेले पनि खोलेका छन्
नजान्नेले पनि खेताला लगाई खोलेका छन्
जानेर सदुपयोग गर्नेले त सदुपयोग गरेकै छन्
खेताला लाएर खोल्नेले समय बर्बाद पारेकै छन्
वा यो फेसबुक भन्ने चिज कस्तो!!
फलामहरुको बिचमा बसेको चुम्बक जस्तो
फेसबुक नखोली अफिसको कामै नहुने रे
फेसबुक नचल्ने त अफिसनै होईन रे
यो फेसबुक भन्ने चिज कस्तो!!
कर्मचारी खोज्न राखेको बल्छि जस्तो
न त कसैलाई समयको पिर छ
न त छ कसैलाई, फर्कने पिर
बिछ्यौनामा सुतेर देख्दा पनि सपना
पोस्ट,कमेन्ट र लाईक कै हुन्छ रे कल्पना
अस्पतालको बेडबाट पनि फेसबुक
अफिस,टोईलेट,कलेज,स्कुल जताततै फेसबुक
नचाहिने रहेछ खाना,लाग्दैन रे तिर्खा पनि
समयको त ख्यालै हुन्न रे, जति नै सम्झाए पनि
साँच्चै यो फेसबुक भन्ने चिज कस्तो!!
तिर्खामा पानि,भोकमा भोजन,जाडोयाममा सुर्य जस्तो
अनि अनि अनि
बर्बादी तिर धकेलिने बाटो जस्तो ।।
हा हा हा हा हा हा हा -by Komintal
गुरुवार, 29 नवंबर 2012
आँखाबाट बगेको पानिसँगै बगेर गएछन्
कतै अन्य मुलुकमा गई विरानो भएछन्
अथाह वेदनाको सागरविच पौडिरहेछन्
कहिल्यै ननिस्किने गरि डुबिरहेछन्
बताससँगै वतासियो जस्तै लाग्छ
आकाशमा अकाशियो जस्तै लाग्छ
आजभोलि खै कता गयो मेरो स्वप्नहरु
म बाट कतै टाढा गए जस्तै लाग्छ
गोधुंलिमा डुब्ने घामसंगै गए गए झैं लाग्छ मलाई छोडि
आषा लाग्छ अझै पनि भेट्न आउँछ अर्को बाटो लिई
सम्झेर मेरा सपनाहरु पनि छट्पटिन्छन होला रातदिन
आज म एक्लो छु, कता गयो कता मेरो प्यारो सपना, मेरो प्यारो स्वप्न....
by- कोमिन्ताल थामी
शनिवार, 13 अक्टूबर 2012
भक्तपुर दरबार स्क्वाएर: अनुभव
गुरुवार, 15 सितंबर 2011
म सक्दिन वर्णन गर्न
न त हो सुनचाँदि नै
हिरामोति भन्दिनँ म
न भन्छु जुहारत नै
हिउँको चिसो के चिसो र
नजिक के राखुँ आगो पनि
खै कसरि वर्णन गरुँ म
तिम्रो माया कस्तो भनि
किनभने
फुल भने ओईलिदिन्छ
तिम्रो माया ओईलिदैन
सुनचाँदि पनि होईन भन्छु
तिम्रो माया जोखिदैन
हिरामोति सानो लाग्छ तिम्रो माया अघि
सँधै बसिरहन पाउँ तिमिलाई आफ्नो सम्झि
शेषनागले पनि सक्दैन वयान गर्न
म कसरि सकुँ तिम्रो मायाको वर्णन गर्न
रविवार, 5 जून 2011
ए साथी अब हामी कहाँ जाने???
कुन ठाउँमा गएर सन्तोषको सास फेर्ने
सदैव भोको रहेर कसरी बाँच्ने
कुन ठाउँमा / कता गएर एकमुठ्ठी सास निर्धक्कले फाल्ने
नेताकोमा गयो भने कुन पार्टीको भन्छन्
प्रशासनमा गयो टेवलमुनि हात थाप्छन
बजार जाँदा, मुल्य उच्च लिएर ठग्छन
नरभक्षिहरु हरपल रगत र पसिना चुसिरहन्छन
काम गरिदियो बन्छन ठुलो, गन्दैनन कसैले
पसिनाको मुल्य खोज्दा गाली गर्छ उसैले
हरेक पाईला फाईलामा पसिना, रगत छोड्नुपर्ने
त्यसैले ए साथी अब हामी कहाँ जाने! कहाँ जाने।
मंगलवार, 10 मई 2011
शिर्षक बिनाको अभिव्यक्ति
आतंकले गडगडाउने बर्खे खोलासँग
नराम्रोको हुन्छ प्रगती, घट्दैछन् असल जति
त्यसैले यो संसारको राम्रो छैन ढंग
शान्तिप्रिय बुद्ध जन्मेको यो देशमा
पिरोलिएका छन् लोक यहाँ असत्य र अन्यायमा
दायाँबायाँ जताततै छ केवल दुख नै दुखको राज
आकाशपाताल पूग्नु पर्छ, न्याय पाउन आज
यो संसारको खै कस्तो हो राम्ररी रुन पाईएन
हाँस्न त अझ पर कै कुरा, रुंदै पनि बाँच्न पाइएन
यहाँ बाच्न खोज्दा, अत्याचारीले पेल्छ
उठ्न खोज्दा धनाढ्य भनाउँदाले खुट्टा तान्छ
मुल्य बढ्छ, दुखीलाई नै थिच्छ
जे बढ्छ, केवल गरिबहरु माथी नै पर्छ
त्यसैले स्थिर रहोस सबैथोक यहाँ, वृदि नहोस केहिको पनि
उठेर हाँस्न पाउन खुशिले यहाँ दुखी गरिबले पनि
-
१ . नेपालमा स्वाइन फ्लु बाट मर्ने पहिलो नेपाली को हुन् ? – भवकृष्ण भट्टराई , २०७० पौष २३ २ . नकारात्मक भोट प्रक्रिया लागु गर्ने नेपाल ...
-
► धनुषा , बिरगञ्ज , मकवानपुर , झापा , इलाम , सोलुखुम्बु , बर्दीया मध्ये नमिल्ने कुन हो ?-- बिरगञ्ज ► नेपालका प्रथम प्रामाणिक राजा कस...
-
स्थानीय तहको काम, कर्तव्य र अधिकार काठमाडौं –स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसार...