लेबल

शनिवार, 29 जनवरी 2011

म, तिमी अनि हाम्रो छोरी (मनोवाद)

         म कुन ठाउँमा हुर्कें, त्यस्तै तिमी कुनै नौलो(मेरो लागि) ठाउँमा जन्मेको हुर्केको र पानि आज आएर हामी बन्न पूगेका छौं। यो संसारको नियम नै कस्तो कस्तो छ। न हाम्रो कुनै नाता थियो न कुनै समयमा भेटेर परिचित नै र पनि यो समयमा आएर हामी एउटै बन्न पूगेका छौं। साथै हाम्रो मायाको स्वरुप हाम्रो एउटा छोरिले लिएको छ। खै कसरि यो अक्षरमा उतारौं म तिमी अनि हाम्रो छोरी।
         छोरी तिमी साँच्चै कस्तो भनुं खै म कताको अनि उनि कताको तर तिमी हामी विचको पूल बनेकी छ्यौ। साँच्चै छोरि तिमी हामीलाई संयोग गर्ने पूल, साँगु बनेकी छ्यौ। छोरी तिम्रो शरिरमा बहेको रगत हाम्रो छ अर्थात हामी २ को छ। तर तिमी म बाट छुट्टिएको जस्तै लाग्छ किनकी म सँग तिमी रिसाउँदा अनि मैले भनेको कुरा नमान्दा मलाई त्यस्तो लाग्छ। अनि म बाट तिमीले खै के पाएकी छ्यौ त्यहि मात्र त हो नि माया। छोरी तिमी र तिम्रो आमाको सम्बन्ध यस्तो छ कि? तिमी आमा नभए बाँच्न पनि सक्दैनौं। आमाले कति दु:ख पाएकी छिन त्यो म र मेरा यि आँखाहरुले देखेको छु। त्यसैले त म तिमीलाई के भन्छु भने तिमीले आफ्नो आमाको आदर, सत्कार बाबाको भन्दा बढि गर्नु पर्छ। आमा भनेको १० महिना पेटमा बोकि, असह्य पिडामा पिरोलिएर तिमीलाई जन्म दिएकी हुन र तिमीलाई यो संसार देखाउन यो धर्तीमा ओरालिन तिम्रो आमाले। म त मात्र दर्शक झैं बनेको थिएँ त्यो समयमा। त्यसकारण तिमीले आमाले भनेको मान्नु। आज्ञाकारी बन्नु।
         छोरी तिमी कति प्यारी छौ खै कसरी भनौं तिमी हामी बिचको पुल हौ, हाम्रो बोल्ने बाहाना हौ, तिमी नै हाम्रो संसार हौ, प्यारी छोरि हौ अनि साँच्चै भन्नु पर्दा शब्दले बयान गर्न नसकिने प्यारी, प्यारी छौ तिमी।



लेखक: ५५.६५







कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें