लेबल

शनिवार, 13 अक्तूबर 2012

भक्तपुर दरबार स्क्वाएर: अनुभव

म काठमाडौं आएर पनि भक्तपुरको दरबार स्क्वाएर गएको थिइनँ, त्यसैले यसो हेर्न जाने इच्छा लागेर, शनिबारको दिन पारि म र मामा गयौं, बसस्टाफको जानकारी अनुसार सुर्यविनायकमा बसबाट उत्रेर अलिकति ओरालो झर्दै उकालो ५ मिनेट जति चढेपछि न्यातपोल पुग्यौं, प्राचिन कलाले भरिपुर्ण भएको मन्दिरहरुसँग रमाउदै राष्ट्रिय कला संग्रहालय पुगेर टिकट लियौं र चित्रकला कक्षहरुमा हेर्दै गयौं, अनि हेरिसकेर हामी निस्कँदै टिकटहेर्दा काष्ठकला कक्ष र धातुकला कक्ष पनि हेर्न बाँकि रहेको थाहा पायौं र राष्ट्रिय कला संग्रहालय नजिकै रहेको सुनौलो गेट भित्र रहेको आर्मीलाई सोध्न म अगाडी गएँ र हेर्दा सभ्य र सभ्रान्त नै देखिने, निलो ट्र्याक लगाउनु भएको मानिस उत्तर "सकियो, अब सकियो, कस्तो मान्छे ......" भन्ने आयो, १ आर्मिको उत्तर "१५ मिनेट अगाडि जानुस" भन्ने आयो, सँगै रहेको १ जना ७-८ बर्षको बालकको उत्तर थियो "ए दत्तात्रेय सोध्नुभाको, यताबाट १०-१५ मिनेट जति अगाडि जानुस न" भेटिन्छ भने पछि हामी दतात्रेय तिर गएर पहिला काष्ठकला कक्ष हेरिसकेर धातुकला कक्ष हेर्न गयौं । दतात्रेयमा खटिएका प्रहरीहरुको व्यवहार ज्यादै सम्मानजनक थियो वारिपारि रहेको काष्ठकला कक्ष र धातुकलाकक्ष हेरेको छ कि छैन भन्दै देखाईदिएका थिए। यसरी ४ घण्टाजति विताएर हामी फर्कियौं, जु जु द्यौ खाँदै।

माथिको उत्तरहरुमा मलाई नराम्रो लागेको उत्तर सभ्यताको खोल ओडेको तर ७-८ बर्षको बालकले जतिपनि उत्तर दिन नसक्ने मानिसको लागेको छ जो भर्खर बोल्न र सिक्न खोज्दैछ बिचरा!!!!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें