लेबल

गुरुवार, 29 नवंबर 2012

मेरा स्वप्नहरु.........

आँखाबाट बगेको पानिसँगै बगेर गएछन्
कतै अन्य मुलुकमा गई विरानो भएछन्
अथाह वेदनाको सागरविच पौडिरहेछन्
कहिल्यै ननिस्किने गरि डुबिरहेछन्

बताससँगै वतासियो जस्तै लाग्छ
आकाशमा अकाशियो जस्तै लाग्छ
आजभोलि खै कता गयो मेरो स्वप्नहरु
म बाट कतै टाढा गए जस्तै लाग्छ

गोधुंलिमा डुब्ने घामस‌ंगै गए गए झैं लाग्छ मलाई छोडि
आषा लाग्छ अझै पनि भेट्न आउँछ अर्को बाटो लिई
सम्झेर मेरा सपनाहरु पनि छट्पटिन्छन होला रातदिन
आज म एक्लो छु, कता गयो कता मेरो प्यारो सपना, मेरो प्यारो स्वप्न....

by- कोमिन्ताल थामी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें