लेबल

गुरुवार, 15 सितंबर 2011

म सक्दिन वर्णन गर्न

फुल होईन तिम्रो माया
न त हो सुनचाँदि नै
हिरामोति भन्दिनँ म
न भन्छु जुहारत नै

हिउँको चिसो के चिसो र
नजिक के राखुँ आगो पनि
खै कसरि वर्णन गरुँ म
तिम्रो माया कस्तो भनि
किनभने
फुल भने ओईलिदिन्छ
तिम्रो माया ओईलिदैन
सुनचाँदि पनि होईन भन्छु
तिम्रो माया जोखिदैन

हिरामोति सानो लाग्छ तिम्रो माया अघि
सँधै बसिरहन पाउँ तिमिलाई आफ्नो सम्झि
शेषनागले पनि सक्दैन वयान गर्न
म कसरि सकुँ तिम्रो मायाको वर्णन गर्न
-५५.६५

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें