लेबल

मंगलवार, 12 फ़रवरी 2013

स्वार्थी भाछु म

म लाई हेर्छु,स्वार्थको खाडलमा देख्छु
पराई हेर्छु,स्वार्थिपन भरिपुर्ण नै देख्छु
मेरो त आँखा नै स्वार्थी भयो जस्तै छ
जताततै केवल यस्तै यस्तै मात्र देख्छ

देश बिग्रेर के भो त,घर सप्रेकै छ
हिमाल,पहाड,तराई रोएर के भो त,मन हाँसेकै छ
जो जति देखिन्छ,यस्तै नै देखिन्छ
भोको पेटले पनि आफू भरिनै मात्र खोज्छ

निस्वार्थिपन त औषधि नै भईसकेको रहेछ
मुल्यमा नपाईने,अनमोल भाको रहेछ
पाईए पनि ऊ पनि स्वार्थबाट छुट्ने स्वार्थ भित्र नै रहेछ
यस दुनियामा निस्वार्थ भई बाँच्न नसकिने रहेछ       -by Komintal






कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें