लेबल

सोमवार, 11 फ़रवरी 2013

फेसबुक (अनुहार किताब)

यो फेसबुक भन्ने चिज कस्तो!!
नेपालको बजारमा यहि नै छ निकै सस्तो
जान्नेले पनि खोलेका छन्
नजान्नेले पनि खेताला लगाई खोलेका छन्

जानेर सदुपयोग गर्नेले त सदुपयोग गरेकै छन्
खेताला लाएर खोल्नेले समय बर्बाद पारेकै छन्
वा यो फेसबुक भन्ने चिज कस्तो!!
फलामहरुको बिचमा बसेको चुम्बक जस्तो

फेसबुक नखोली अफिसको कामै नहुने रे
फेसबुक नचल्ने त अफिसनै होईन रे
यो फेसबुक भन्ने चिज कस्तो!!
कर्मचारी खोज्न राखेको बल्छि जस्तो

न त कसैलाई समयको पिर छ
न त छ कसैलाई, फर्कने पिर
बिछ्यौनामा सुतेर देख्दा पनि सपना
पोस्ट,कमेन्ट र लाईक कै हुन्छ रे कल्पना

अस्पतालको बेडबाट पनि फेसबुक
अफिस,टोईलेट,कलेज,स्कुल जताततै फेसबुक
नचाहिने रहेछ खाना,लाग्दैन रे तिर्खा पनि
समयको त ख्यालै हुन्न रे, जति नै सम्झाए पनि

साँच्चै यो फेसबुक भन्ने चिज कस्तो!!
तिर्खामा पानि,भोकमा भोजन,जाडोयाममा सुर्य जस्तो
अनि अनि अनि
बर्बादी तिर धकेलिने बाटो जस्तो ।।
हा हा हा हा हा हा हा -by Komintal

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें