लेबल

रविवार, 5 जून 2011

ए साथी अब हामी कहाँ जाने???

ए साथी अब हामी कहाँ जाने
कुन ठाउँमा गएर सन्तोषको सास फेर्ने
सदैव भोको रहेर कसरी बाँच्ने
कुन ठाउँमा / कता गएर एकमुठ्ठी सास निर्धक्कले फाल्ने

नेताकोमा गयो भने कुन पार्टीको भन्छन्
प्रशासनमा गयो टेवलमुनि हात थाप्छन
बजार जाँदा, मुल्य उच्च लिएर ठग्छन
नरभक्षिहरु हरपल रगत र पसिना चुसिरहन्छन

काम गरिदियो बन्छन ठुलो, गन्दैनन कसैले
पसिनाको मुल्य खोज्दा गाली गर्छ उसैले
हरेक पाईला फाईलामा पसिना, रगत छोड्नुपर्ने
त्यसैले ए साथी अब हामी कहाँ जाने! कहाँ जाने।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें