लेबल

मंगलवार, 10 मई 2011

शिर्षक बिनाको अभिव्यक्ति

मुल्यले सगरमाथासँग टक्कर लाउँछ

आतंकले गडगडाउने बर्खे खोलासँग
नराम्रोको हुन्छ प्रगती, घट्दैछन् असल जति
त्यसैले यो संसारको राम्रो छैन ढंग


शान्तिप्रिय बुद्ध जन्मेको यो देशमा
पिरोलिएका छन् लोक यहाँ असत्य र अन्यायमा
दायाँबायाँ जताततै छ केवल दुख नै दुखको राज
आकाशपाताल पूग्नु पर्छ, न्याय पाउन आज


यो संसारको खै कस्तो हो राम्ररी रुन पाईएन
हाँस्न त अझ पर कै कुरा, रुंदै पनि बाँच्न पाइएन
यहाँ बाच्न खोज्दा, अत्याचारीले पेल्छ
उठ्न खोज्दा धनाढ्य भनाउँदाले खुट्टा तान्छ


मुल्य बढ्छ, दुखीलाई नै थिच्छ
जे बढ्छ, केवल गरिबहरु माथी नै पर्छ
त्यसैले स्थिर रहोस सबैथोक यहाँ, वृदि नहोस केहिको पनि
उठेर हाँस्न पाउन खुशिले यहाँ दुखी गरिबले पनि

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें