लेबल

शुक्रवार, 20 मई 2016

मनको कुरा मनसँग

"हाई"
"तँपाईलाई कस्तो छ?"
"खाना खानु भो?"
"चिया नास्ता भो?"
"स्वास्थ्य कस्तो छ?"
"टेक केयर"
"बाई"

यस्ता प्रश्नहरुको उत्तर आदान प्रदान हुँदाहुँदै, तिमिलाई भेट्ने मेरो चाहानाहरु उर्लिएको छाल बनेर आईरहन्थे र त बेलाबेलामा तिमिलाई भेट्न, देख्नको लागि तिम्रो घर नजिकैको पानि भर्ने पँधेरोको माथि रहेको रुखमा बिहानीको लालि अनि गोधुलिमा तिमिलाई हेर्नकै लागि म पर्खि रहन्थें, तिमिलाई एकदिन नछुटाई हेरिरहुँ जस्तो लागिरहन्थ्यो । लाग्थ्यो तिमिलाई सँधै आफ्नो साथमा नै राखौं अनि मन लागेको बेलामा सुटुक्क तिमिसँग मनमा लागेका कुराहरु तिमिलाई सुनाउँ, सदैव तिम्रै अंगालोमा अंगालिईरहन पाउँ जस्तो, समय-समयमा तिमि हाम्रो घरको वरपर आउँदा पनि  मलाई शितलताको अनुभव हुन्थ्यो।



तिमिलाई छोएर बहने पवनले मेरो कानमा खासखुस गर्दै जिस्काएर बाहिरिने गरेको जस्तो लाग्थ्यो । तिमिसँग कुनै दिन भेट नहुँदा, तिमिलाई देख्‌न नपाउँदा र कुनै दिन तिमिसँग कुराकानि नभएको दिन आफुलाई संसारकै अभागि सम्झने गर्थें, जिवनको सबैपाटो अन्धकारमय लाग्थ्यो । हुन त हामीले चाहेको भए हामि आफ्नो पारिवारिक झमेलाबाट टाढा गएर रमाउन पनि सक्ने थियौं, कहिले त लाग्थ्यो तिमिलाई सुटुक्क भगाएर कसैले नचिन्ने स्थानमा लगेर आफुलाई मनमा जे लागेको सुनाउँ जस्तो पनि , अनि तिम्रो मुलाएम ओठबाट पनि तिम्रो मनका कुराहरु सुनौंजस्तो लाग्थ्यो। हुन त विपरित लिंगीप्रति आकर्षण बढ्नु त प्राकृतिक कुरो नै हो । तिमि र म त आकाशमा चम्किने चन्द्रमा र जमिनमा चम्किने जुनकिरि जस्तो पनि लाग्थ्यो र पनि तिमि र म बिचमा हुने कृयाकलापहरुले गर्दा हामिलाई समान छौं जस्तो देख्नेगर्थें म । तिमिले सामान र उपहारको आदानप्रदान गर्ने गरेको अनुभव गर्दामात्र पनि तिमि म सँगै छौ जस्तो लागि रहन्थ्यो ।  भेट्न नसकेको  दिन फेरि सुरु भैहाल्थ्यो "हाई" देखि "बाई" सम्मका कुराकानि २४ घन्टे रातदिनमा जसरिपनि यो कुरा हुनैपर्ने थियो मेरोलागि मेरो मतलब मेरो मन शान्त बनाउनको लागि हुन त तिमिले अहिले सम्म मलाई यस्तो कुनै प्रकारको भनाईहरु भनेको त छैन नै र पनि म तिम्रो मन बुझेजसरि यि ‍ कुराहरु गरिरहेको छु । हुन त तिमीलाई यो कुराहरु थाहा नै नहुन पनि सक्छ किनकि नत मैले तिमिलाई केहि भनेको छु यस्को बारेमा न त तिमिले नै त्यसैले यो कुरो मनमन को मात्रै पनि हुनसक्छ । त्यस्तो कुनै समय छैनहोला जुन समयमा तिम्रो सम्झना नआएको होस, त्यस्तो कुनै दिन थिएन तिमीलाई मनमनै नअंगालेको  । सबै कुरा मन मनै पनि हुने रहेछ किनकी तिम्रो र मेरो काल्पनिक संसार वेग्लै भएपनि वास्तविकता त हामी २ साँच्चै नढाटि भन्नुपर्दा छोराछोरिको आमाबाउ थियौं मात्र हामी अलि टाढा थियौं । 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें