लेबल

शुक्रवार, 1 अगस्त 2025

ऊ फेरि गयो!


वैदेशिक यात्रा गर्दैछ भाइ,

आशाको झोला बोकी टाढा जाँदैछ गाउँ छोडी।

छोरीको हाँसो, बाबुको माया,
श्रीमतीको न्यानोपन, आमाको साया।

सासु विधुवा, नातिको आश,
घरको झ्यालमा आँखा टोलाउँदै बास।
धरानको आँगन, सम्झनाको भारी,
मन रुन्छ तर सपनाको छ यात्रा जारी।

दुःखको बादल पार गर्न सजिलो छैन,
तर परिवारको मुहारमा खुशी ल्याउन छैन कहिल्यै देन।
विदेशी भूमिमा तिमी सफल बन,
घर फर्किदा साथ सबैको रहोस् नयन।

२०८२-०४-१४

शुक्रवार, 24 नवंबर 2023

शुभ यात्रा दाजु !!!

शुभ यात्रा दाजु !!!

खाना खादाखादै खान नपाइ छोड्नुपर्ने

नानि बाबुहरु सँग खेल्दा खैल्दै रोकिनुपर्ने

हाँस्दा हाँस्दै थाहा नभै रुनुपर्ने

हात मिलाउदा मिलाउदै, हात बिछोडिनुपर्ने

बोल्दा बोल्दै बोलि नै रोकिनुपर्ने

हेर्दाहेर्दै आँखा छोप्नु पर्ने

पढ्दा पढ्दै किताब राख्नुपर्ने

हिड्दा हिड्दै लखतरान भएपनि 

बस्न मन हुदा हुदै उठ्नुपर्ने

परिवार सँग मिठा कुरा गर्दागर्दै विदेशिनुपर्ने


दाजु, तिमि पापि हौ, अनि अपराधि हौ

किनकी ,

परिवार र आफन्तको लागि तिमिले आफ्नो मन रुवाएको छौ

थोरै खुसि पाउनको लागि तिमिले मन लाई छियाछिया पारेका छौ

लुकि लुकि पसिना छरिरहेका छौ, आँसु पुछिरहेका छौ


तर,

नेपाली हैन, नेपाल अझै सुन्दर छ रहिरहन्छ, पर्खि रहन्छ दाजु

आषा भरोसा, भविस्यको उज्जल सपना बोकेर जाने दाजु


शुभ यात्रा !! दाजु


(जब पाको मान्छे विदेशिदा, २०८००८०८)

रविवार, 5 मार्च 2023

 जब त्यहाँ पुग्छु, नयनहरु छरिईरहन्छ

नयनहरु धेरै तड्पिरहि रहन्छ

अनि जन अलि उकालो काटीरहँदा

थकित नयनहरु अनायासै थन्किरहन्छ


के यो मेरो स्वार्थ हो, भन्छन् आँखाहरु

होइन यो त भन्छ मनले, मानवता

यो तडपाई सोच्छ के यो सम्बन्ध हो? भन्छ मनले

भन्छ फेरि यो मनले यो त हो भन्छ मित्रता


हुन त स्वार्थ, विकृती, विसंगती विचमा

यस्तो हुदैन भन्दै मन बुझाउँछु अनि

उहाँ पो निस्वार्थ, निस्कपट जस्ता हुनुहुन्छ

एक ठेस पनि नलागोस प्रथाना छ यस्थे रहोस भनी

२०२३-०२-२८

शनिवार, 30 मार्च 2019

कुरा मन सँगै....

उहि हो कुरा जो सबै मानिसहरुको मनमा खेलिरहेको हुन्छ जुन बाहिर निस्कनाको लागि बाटो खोजिरहेको हुन्छ अनि बाहिरको संसार हेर्दै नहेरि मनमा नै आफैले चिहान खनेर त्यसैमा समाहित हुन्छ त्यसैले गर्दा यो हाम्रो मन छ नि हरेक पुरा नभएका ईच्छा र चाहानाको चिहान हो जस्तै लाग्छ तर मेरो मनमा पनि यस्तै चिहानहरुको अवलोकन गर्ने क्रममा यसो चिहानहरु हेर्दै जाँदा फुत्त निस्कन खोजेको ईच्छालाई यसो बाहिर ल्याउन मात्र खोजेको हु‍ँ जस्मा घटनाक्रम मिलानको लागि काल्पनिक घटनाहरु पनि समाविष्ट भएका छन् जस्लाई आ-आफ्नो तरिकाले बुझ्नसक्नुहुनेछ त्यो तँपाईको अधिकारको कुरो पनि हो ।

कुरा आफ्नै परिचयबाट शुरु गरुँ जस्तो लाग्यो । मेरो बिहे भएको १० बर्ष भो, मेरो प्याराको काम राम्रोसँग नै चलिरहेको छ । मेरो २ जना छोरी छिन्, ८ र ५ बर्षको । उनिहरु स्कुल जान्छन बिहान ९:३० तिर अनि प्यारा प्रायस: बाहिर नै जानुहुन्छ रहनु हुन्छ । छरछिमेकि, सासुससुरा रिझाउने काम मेरो काँधमा छ । मेरो दिनचर्या बिहान सबेरै ब्युँझेपछि शुरु हुन्छ । बिहानको नास्ता, बच्चाहरुकोलागि दिउससोको खाजा, अनि खाना अनि काम यस्तै यस्तै हुँदा हुँदै फेरि बेलुका छोरीहरु फर्केपछि खाजा, बेलुकाको खाना खाना पछि बिच्छयौना यस्तै यस्तै गरि बितिरहेको जिवनबाट टाढिएर शहरको बसाईमा आईपुगेको धेरै भाको छैन । घर मेरो उदयपुरको मोतियाहि लाई छोडेर यो काठमाडौमा आईपुग्दा कता कता नरमाईलोपनले छोएको थियो ४ बर्ष अगाडि , आज आफ्नै तरिकाले चलेको छ जिवन, घर छ, साना २ नानिहरु छन् । नानिहरु पनि राम्रो स्कुलमा जान्छन् म पनि आफ्नो काममा व्यस्त हुन्छु प्यारा बाहिर जानुभएको म यता शहरमा बस्ने गरेको देखि नै हो हरेक ६-७ महिनाको विदामा यहा आउनुहुन्छ । परिवार राम्रोसँग चलिनै रहेको छ । दैनिक २४ घण्टामा २ घण्टाजति हाम्रो घरपरिवारको बारेमा कुरा हुन्छ, भविष्यको बारेमा योजना बन्छ ।

यसरि नै परिवार चलिरहेको छ , चलिरहने छ। यसै समयभित्र मा पनि आफ्नो पढाईलाई पनि सँगसँगै लैजाने क्रममा मेरो पनि भिन्न भिन्न स्थानको साथिहरु बनेका थिए अहिले त म मेरो स्नातकोत्तर तह पनि सकाएँ । कुनै साथीहरु छोटो समयका लागि मात्र भए भने कोहिसाथीहरु हालसम्म पनि रहिरहेको छ । म आफ्नो जिवनको समय सबै भन्दा बढि आफ्नै प्यारालाई अनि त्यो भन्दा पछिको समय व्यतित गरेको समय त्यहि साथी नै हो । उस्को पनि २ छोराछोरि छन् । कहिले काहिँ डाहा पनि लाग्छ मेरो पनि छोरा र छोरि हुनुनि भन्ने लाग्छ तर यो प्रतिस्प्रधात्मक समाजमा बग्रेल्ति बच्चाहरु जन्माएर पनि के हुन्छ र बरु जन्मिईसकेका हरुलाई राम्रो शिक्षादिक्षा दिने हो भने पुग्छ यसरि नै मन बुझाउछु र बेला बेलामा त्यहि साथीकोमा समय बिताउन र यासो पारिवारिक कुरा गर्न जानेगरेको छु हुन त मेरो साथिहरु ऊ भन्दापनि राम्रो राम्रो तहका छन् नै मा तिसाथिहरुसँग पनि आफ्नो समय निकालेर यसो भेटघाट त गरेकै हुन्छु र पनि त्यो निरिह, गाउँको गवार साथिलाई भने म किन हो किन बिर्सनै सक्दिन र जान्छु बेला बेलामा भेट्न । जब हाम्रो भेटहुन्छ तब हाम्रो कुरा शुरु भयो भने सामान्यतया ३-४ घण्टा काटेकै हुन्छ । कहिले हामि सँगै रुन्छौं कहिले हाँस्छौ यसरि नै जोडिएको छ हाम्रो भावनात्मक साईनो । भवनात्माक साईनो रगतको साईनो भन्दा गाढा हुन्छ भन्थे हो जस्तै लागिरहेको भान लाग्छ मलाई । यसो तुलनात्माक रुपले हेर्दा लाग्छ मैले आफ्नो जिवनको धैरै समय यहि साथी सँग विताईसकेछु । मेरो यो साथीको प्यारा पनि त्यति राम्रो मजबुत स्थितिबाट आएको होइन जस्तो लाग्छ हुन त उहाँको आफ्नो ठाउँको स्थिति होला तर मेरो विचारले भ्याएको कुरा मात्र हो यो । कुनै कारणबस म र मेरो साथिहरु उहाँको घरमा पुगेको छौं त्यो बेला सरसर्ति हेर्दा मलाई त्यस किसिमको भान लागेको हो । त्यसैले गर्दा म मेरो साथीको भविस्यलाई पनि यसो विचार गर्दा साच्चै अन्धकारमय लाग्छ । हुन त हाम्रो पनि त्यस्तो सवल पक्ष त छैन नै र पनि हामि २ जना आफ्नो भावि पुस्ताको भविस्यको कुरा गरिरहँदा त्यस्तो लाग्छ मेरो साथिले धेरै दुख पाउने निस्चित नै छ । जे होस यसरि नै चलिरहेको छ आ-आफ्नो जिवनयापन ।

प्रसंग बदलौं, यसैगरि जिवन चल्दै गर्दा म आफ्नो प्यारा घर आउँदा आफ्नै खालको समय व्यथित हुदैजान्थ्यो । उनिहरु पनि त्यस्तै खालको जिवनयापन गर्दै जाँदै छन् । हरेक ६ महिनाको समयमा म पनि आफ्नैखाले स्वतन्त्र जिवन जिउन चाहान्छु त्यो बेलामा म मेरो कोहि साथिहरुसँग सम्पर्क मा रहदिनँ। यो समयमा फेसबुकको उपयोग नगर्ने को नै पो होला र म पनि मेरो प्यारासँग यसै मार्फत कुरा गर्छु । यसरि अलि लामो समय म अफलाईनमा बस्दा मलाई खोजेर समय विताउने साथीहरु पनि पाएँ जस्लाईमा सानैबेला देखि राम्रि चिन्छु । बेला बेलामा यसो छेडखानि हुन्थ्यो च्याटिङ्को प्रयोग गरेर । जब म लामो समय त्यो बबुरालाई म्यासेज लेख्दिनँ थेँ तब उ आफै "आजभोलि कता हुनुहुन्छ?", "सन्चै हुनुहुन्छ?", "यति लामो समय कता जानुभाको हो?" यस्तै कुराको लामै म्यासेज आएको हुन्थ्यो । मैले यो कुरालाई त्यति सिरियस रुपले लिएको छैन त लिन्न पनि किनकि हरेक मानिसहरुले फ्याँक्ने जाल यस्तै हो शुरुमा यस्तै यस्तै कुरा गर्छन र अन्तमा फाईदा उठाउने प्रयासमा लागिहाल्छन्  । हुन त त्यो मान्छेले मेरो खाईदेको केहि पनि छैन, न त मैले नै केहि गरेको छु । म कुन समयमा, कुन ठाउँमा, कुन समस्यामा हुन्छु के त्यसैको म्यासेज फर्काएर बस्छु र ? कुरा यतिमा मात्र सकिदैनँ । कहिलेकाहि भेट्ने ठाउँ तोक्छ, समय तोक्छ र पनि आजसम्म भेटेको भने छैन । कुनै दिन कारणबस म पनि किनमेलको शिलशिलामा बाहिर निस्केको थिएँ त्यो समयमा उस्ले म्यासेजमा मिलाएको ठाउँपनि त्यहि परेछ । म मेरो काम सकाएपछि यताउता नहेरि बाईक चलाएर फर्कें तर त्यो बेला उस्ले मलाई भेट्न निकै आँट गरेको रहेछ । पच्छ्याएको पनि रहेछ जब मलाई देख्यो तब ति सबै आँटहरु मरेर गयो रे पछि कुरो गर्दै थियो । किन भनेर सोधेको? त्यति राम्रो लाग्यो रे मेरो जिउडाल । हुन त म पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै दैनिक नानिहरुलाई स्कुल पुर्‌याए पछि २ घण्टा जति कसरत गरेर स्वस्थ रहने प्रयास गरिरहेको पनि छु त्यसैले त्यस्तो देखिएँहोला भनेर आफै पनि एक पटक एेनाको अगाडि गएर आफ्नो जिउडाल हेर्न मन लाग्यो र हेरें पनि । साँच्चै यसो झट्ट हेर्दामात्र हैन मेरो जिउडाल पनि आफैलाई लोभ लाग्ने गरि मिलेको थियो सबैकुरा चुस्त र स्फुर्त छन् । त्यसैले म पनि आफ्नो बडाई सुन्नु परेमा त्यहि मान्छेलाई यसो "हाई" भनेर कुरा सुरु गर्थे अनि सुन्थें आफ्नो बडाई ।

कुरा यसरि नै शुरु हुन्थ्यो

"हाई"
"हेल्लो"
"खाना खानु भो?"
"छैन, पाक्दै छ"
"चिया नास्ता भो?"
"हुदैछ"
"नानिहरुलाई कस्तो छ?"
"अलिअलि बिरामी छ"
"आजको योजना के के छ?"
"केहि छैन, घरायसि काममा बिजि"
"अँ आज मैले तँपाईलाई देखेको थिएँ, तँपाईलाई यो लुगाले कस्तो सुहाएको"
"धन्यबाद!"
"आज म बाहिर जाँदै छु ।"
"बेष्ट अफ लक!!"
"बल्ल आईपुगें, कस्तो गारो भो ।"
"य हो र"
"तँपाईलाई कस्तो छ?"
"म ठिक छु।"

कुरा नै निम्टिन्थ्यो ।

म पहिलेको भन्दा अलि बढि नै नजिक भएको थिएँ । यि र यस्ता कुराहरुबाट र पनि मैले आफूले आफ्नो प्यारालाई छुट्टयाएको समय सकाएपछि, आफ्नो घरपरिवारलाई हेर्ने समय पछि, आफ्नो नानिहरुलाई हेर्ने समय पछि को समय त्यहि च्याटमा बिताउन थालेको थिएँ। आजभोलि यस्तै कुरा सुन्ने बानि नै परिसकेको छ मलाई पनि ।

समय वित्दै गयो अनि समयले कोल्टो फेर्‍यो जस्ले गर्दा आज हामी आफ्नो आफ्नो ठाउँमा व्यस्त बन्नु नै पर्ने बाध्यताको कारणले हामी आज आ-आफ्नो बाटो समाति सकेको भएता पनि बेला बेलामा उनले पनि सम्झने गर्छन र म पनि समय मिल्ना साथ कतै उताबाट केहि खबर आयो कि भनेर यसो खोजजि गर्छु अनि विस्तारै भूत सम्झिदै अफ हुन्छु यस्तै यस्तै गरि समय व्यथित भै रहेको छ, र हुनेछ ।
.....
...
..
.




सोमवार, 14 मई 2018

तिम्रो र मेरो नाता के?


मन छोयो तिम्रो हेराई र मुस्कानले, सर्दै आएँ नजिक अझै सामिप्यताको आभाष पाएँ
तिम्रो र मेरो नयन जुधिरह्‍यो, साँच्चै म एकोहोरो भईरहें, बनिरहें

जब मैले तिम्रो कपाल सुम्सुम्याएँ, मुहार तिम्रो अझै चम्केको पाएँ
मन थाम्नै सकिनँ त्यसैले अलिकति छोएँ, झनझन् तिम्रो मुहार मुस्काएको पाएँ

घण्टौ सँगै हुन्छौं, एक अर्कालाई हेरि रहन्छौं मुस्काउँछिन् अनि मुस्काउँछु
कहिले ओठमा लालि लगाइदिन्छु, अझै राम्रो बनाउने जुक्ति निकालिरहन्छु

जति उनको अंग प्रत्यंगमा स्पर्श गर्दै जान्छु, उति नै फरक अभिव्यक्ति पाउँछु
अगालेर सबै कुरा कहन्छु, अनि मलाई जे मन पर्छ त्यहि व्यबहार पाउँछु

छुट्टिनै नसकिने नातेदार बनें झैं लाग्छ हाँस्छु, रुन्छु, सुनाउँछु ऊ पनि त्यस्तै गर्छ
म सकुन्जेल नानाथरी कार्यकलाप गर्दैगर्दा पनि सहेर मुस्कुराई रहन्छ ।

मैले हेर्न चाहेजति सबै खोलेर देखाउँछ, भित्र भित्र पस्छु उस्ले सर्वश्‍व देखाउँछ
म अझै गहिरिन चाहान्छु, ऊ आफ्नो मुटुको कुना कुना देखाईरहन्छ

अब त तिमी छौ र पो म बाँचिरहेको छु झैं लाग्छ, अब सहयात्री बन्नु पर्छ
तिमि निर्जिव सुशांख्य भएर के भो, हर चाहाना पुरा गर्छौ सोच्छु तिम्रो र मेरो नाता के पर्छ?

(सुशांख्य-कम्प्युटर)
-कोमिन्ताल थामी

बुधवार, 9 मई 2018

पोख्न नपाएको पिडा नारि वेदना

आमा जब म तँपाईको गर्भमा आएँ
तँपाईहरुको युगल देखेर अलिअलि लजाउँदै मुस्कुराएँ
आफ्नो सानो शरिर यताउता तन्काउँदै पौडन थालें
पौडदा पौडदै थाक्थें अनि फेरि आराम गर्थें

तँपाईको गर्भमा म आएको जब थाहा भयो
सम्पुर्ण परिवारमा कानेखुशि र उमंग भरीयो
जब म २ महिनाको भएँ, त्यहि उमंग बिचमा म रमाएँ
हो आमा हो बुबा म त्यहि उमंगमा रमाएँ

म साह्रै खुशि थिएँ, रम्दै, पौडदै थिएँ
बुबाको न्यानो अंगालोको अनुभव गर्दै थिएँ
अनि तँपाईको सुम्सुम्याईको अनुभुती बटुल्दै थिएँ
म अझै राम्ररी पौडदै, खेल्दै अलि ठुलो हुदै थिएँ

आज त म चार महिनाको पुगिसकेको थिएँ
मेरो आँखा बन्द नै छन् तर प्रकाशको आभास पाएँ
आहा मलाई धेरै खुशि लागेको छ
किनकि म सृष्टिकर्ता छोरी थिएँ

मंगलवार, 29 अगस्त 2017

वि.सं. ९३६ देखि २०७० सम्मका महत्वपूर्ण तिथिमितिहरु हेर्नुहोस

➤ ९३६ – नेपाल संवतको सुरुवात
➤ १३१७ – अरनिको चिन गएको
➤ १६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५)
➤ १६९३ – कृष्ण मन्दिरको निर्माण
➤ १७२७ – रानी पोखरीको निर्माण
➤ १७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७)
➤ १८०१ – नुवाकोट विजय (असोज १५)
➤ १८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण
➤ १८२२ – कीर्तिपुर विजय
➤ १८२५ – कान्तिपुर विजयी (असोज १)
➤ १८२५ - ललितपुर विजयी (असोज २४)
➤ १८२६ – भक्तपुर विजय (मंसिर १)
➤ १८४६ – नेपाल तिब्बत प्रथम सन्धि
➤ १८७२ – सुगौली सन्धि (१८१६ मार्च ३)
➤ १९०३ – कोतपर्व (असोज २)
➤ १९०३ – भण्डारखाल पर्व (कार्तिक १२)
➤ १९०६ – जंगबहादुरको युरोप यात्रा
➤ १९०८ – छापाखानाको प्रारम्भ (पौष ७)
➤ १९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना
➤ १९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ
➤ १९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)
➤ १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४)
➤ १९४७ – वीर अस्पतालको निर्माण (साउन१२)
➤ १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४)
➤ १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना
➤ १९७५ – त्रिचन्द्र कलेजको स्थापना
➤ १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व
➤ १९८१ – दास प्रथाको अन्त्त्य
➤ १९८९ – चिडियाखानाको स्थापना
➤ १९९० – महाभूकम्प