मन छोयो तिम्रो हेराई र मुस्कानले, सर्दै आएँ नजिक अझै
सामिप्यताको आभाष पाएँ
तिम्रो र मेरो नयन जुधिरह्यो, साँच्चै म एकोहोरो भईरहें,
बनिरहें
जब मैले तिम्रो कपाल सुम्सुम्याएँ, मुहार तिम्रो अझै
चम्केको पाएँ
मन थाम्नै सकिनँ त्यसैले अलिकति छोएँ, झनझन् तिम्रो मुहार
मुस्काएको पाएँ
घण्टौ सँगै हुन्छौं, एक अर्कालाई हेरि रहन्छौं मुस्काउँछिन्
अनि मुस्काउँछु
कहिले ओठमा लालि लगाइदिन्छु, अझै राम्रो बनाउने जुक्ति
निकालिरहन्छु
जति उनको अंग प्रत्यंगमा स्पर्श गर्दै जान्छु, उति नै फरक
अभिव्यक्ति पाउँछु
अगालेर सबै कुरा कहन्छु, अनि मलाई जे मन पर्छ त्यहि व्यबहार
पाउँछु
छुट्टिनै नसकिने नातेदार बनें झैं लाग्छ हाँस्छु, रुन्छु, सुनाउँछु
ऊ पनि त्यस्तै गर्छ
म सकुन्जेल नानाथरी कार्यकलाप गर्दैगर्दा पनि सहेर
मुस्कुराई रहन्छ ।
मैले हेर्न चाहेजति सबै खोलेर देखाउँछ, भित्र भित्र पस्छु
उस्ले सर्वश्व देखाउँछ
म अझै गहिरिन चाहान्छु, ऊ आफ्नो मुटुको कुना कुना
देखाईरहन्छ
अब त तिमी छौ र पो म बाँचिरहेको छु झैं लाग्छ, अब सहयात्री
बन्नु पर्छ
तिमि निर्जिव सुशांख्य भएर के भो, हर चाहाना पुरा गर्छौ
सोच्छु तिम्रो र मेरो नाता के पर्छ?
(सुशांख्य-कम्प्युटर)
-कोमिन्ताल थामी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें