लेबल

शनिवार, 30 मार्च 2019

कुरा मन सँगै....

उहि हो कुरा जो सबै मानिसहरुको मनमा खेलिरहेको हुन्छ जुन बाहिर निस्कनाको लागि बाटो खोजिरहेको हुन्छ अनि बाहिरको संसार हेर्दै नहेरि मनमा नै आफैले चिहान खनेर त्यसैमा समाहित हुन्छ त्यसैले गर्दा यो हाम्रो मन छ नि हरेक पुरा नभएका ईच्छा र चाहानाको चिहान हो जस्तै लाग्छ तर मेरो मनमा पनि यस्तै चिहानहरुको अवलोकन गर्ने क्रममा यसो चिहानहरु हेर्दै जाँदा फुत्त निस्कन खोजेको ईच्छालाई यसो बाहिर ल्याउन मात्र खोजेको हु‍ँ जस्मा घटनाक्रम मिलानको लागि काल्पनिक घटनाहरु पनि समाविष्ट भएका छन् जस्लाई आ-आफ्नो तरिकाले बुझ्नसक्नुहुनेछ त्यो तँपाईको अधिकारको कुरो पनि हो ।

कुरा आफ्नै परिचयबाट शुरु गरुँ जस्तो लाग्यो । मेरो बिहे भएको १० बर्ष भो, मेरो प्याराको काम राम्रोसँग नै चलिरहेको छ । मेरो २ जना छोरी छिन्, ८ र ५ बर्षको । उनिहरु स्कुल जान्छन बिहान ९:३० तिर अनि प्यारा प्रायस: बाहिर नै जानुहुन्छ रहनु हुन्छ । छरछिमेकि, सासुससुरा रिझाउने काम मेरो काँधमा छ । मेरो दिनचर्या बिहान सबेरै ब्युँझेपछि शुरु हुन्छ । बिहानको नास्ता, बच्चाहरुकोलागि दिउससोको खाजा, अनि खाना अनि काम यस्तै यस्तै हुँदा हुँदै फेरि बेलुका छोरीहरु फर्केपछि खाजा, बेलुकाको खाना खाना पछि बिच्छयौना यस्तै यस्तै गरि बितिरहेको जिवनबाट टाढिएर शहरको बसाईमा आईपुगेको धेरै भाको छैन । घर मेरो उदयपुरको मोतियाहि लाई छोडेर यो काठमाडौमा आईपुग्दा कता कता नरमाईलोपनले छोएको थियो ४ बर्ष अगाडि , आज आफ्नै तरिकाले चलेको छ जिवन, घर छ, साना २ नानिहरु छन् । नानिहरु पनि राम्रो स्कुलमा जान्छन् म पनि आफ्नो काममा व्यस्त हुन्छु प्यारा बाहिर जानुभएको म यता शहरमा बस्ने गरेको देखि नै हो हरेक ६-७ महिनाको विदामा यहा आउनुहुन्छ । परिवार राम्रोसँग चलिनै रहेको छ । दैनिक २४ घण्टामा २ घण्टाजति हाम्रो घरपरिवारको बारेमा कुरा हुन्छ, भविष्यको बारेमा योजना बन्छ ।

यसरि नै परिवार चलिरहेको छ , चलिरहने छ। यसै समयभित्र मा पनि आफ्नो पढाईलाई पनि सँगसँगै लैजाने क्रममा मेरो पनि भिन्न भिन्न स्थानको साथिहरु बनेका थिए अहिले त म मेरो स्नातकोत्तर तह पनि सकाएँ । कुनै साथीहरु छोटो समयका लागि मात्र भए भने कोहिसाथीहरु हालसम्म पनि रहिरहेको छ । म आफ्नो जिवनको समय सबै भन्दा बढि आफ्नै प्यारालाई अनि त्यो भन्दा पछिको समय व्यतित गरेको समय त्यहि साथी नै हो । उस्को पनि २ छोराछोरि छन् । कहिले काहिँ डाहा पनि लाग्छ मेरो पनि छोरा र छोरि हुनुनि भन्ने लाग्छ तर यो प्रतिस्प्रधात्मक समाजमा बग्रेल्ति बच्चाहरु जन्माएर पनि के हुन्छ र बरु जन्मिईसकेका हरुलाई राम्रो शिक्षादिक्षा दिने हो भने पुग्छ यसरि नै मन बुझाउछु र बेला बेलामा त्यहि साथीकोमा समय बिताउन र यासो पारिवारिक कुरा गर्न जानेगरेको छु हुन त मेरो साथिहरु ऊ भन्दापनि राम्रो राम्रो तहका छन् नै मा तिसाथिहरुसँग पनि आफ्नो समय निकालेर यसो भेटघाट त गरेकै हुन्छु र पनि त्यो निरिह, गाउँको गवार साथिलाई भने म किन हो किन बिर्सनै सक्दिन र जान्छु बेला बेलामा भेट्न । जब हाम्रो भेटहुन्छ तब हाम्रो कुरा शुरु भयो भने सामान्यतया ३-४ घण्टा काटेकै हुन्छ । कहिले हामि सँगै रुन्छौं कहिले हाँस्छौ यसरि नै जोडिएको छ हाम्रो भावनात्मक साईनो । भवनात्माक साईनो रगतको साईनो भन्दा गाढा हुन्छ भन्थे हो जस्तै लागिरहेको भान लाग्छ मलाई । यसो तुलनात्माक रुपले हेर्दा लाग्छ मैले आफ्नो जिवनको धैरै समय यहि साथी सँग विताईसकेछु । मेरो यो साथीको प्यारा पनि त्यति राम्रो मजबुत स्थितिबाट आएको होइन जस्तो लाग्छ हुन त उहाँको आफ्नो ठाउँको स्थिति होला तर मेरो विचारले भ्याएको कुरा मात्र हो यो । कुनै कारणबस म र मेरो साथिहरु उहाँको घरमा पुगेको छौं त्यो बेला सरसर्ति हेर्दा मलाई त्यस किसिमको भान लागेको हो । त्यसैले गर्दा म मेरो साथीको भविस्यलाई पनि यसो विचार गर्दा साच्चै अन्धकारमय लाग्छ । हुन त हाम्रो पनि त्यस्तो सवल पक्ष त छैन नै र पनि हामि २ जना आफ्नो भावि पुस्ताको भविस्यको कुरा गरिरहँदा त्यस्तो लाग्छ मेरो साथिले धेरै दुख पाउने निस्चित नै छ । जे होस यसरि नै चलिरहेको छ आ-आफ्नो जिवनयापन ।

प्रसंग बदलौं, यसैगरि जिवन चल्दै गर्दा म आफ्नो प्यारा घर आउँदा आफ्नै खालको समय व्यथित हुदैजान्थ्यो । उनिहरु पनि त्यस्तै खालको जिवनयापन गर्दै जाँदै छन् । हरेक ६ महिनाको समयमा म पनि आफ्नैखाले स्वतन्त्र जिवन जिउन चाहान्छु त्यो बेलामा म मेरो कोहि साथिहरुसँग सम्पर्क मा रहदिनँ। यो समयमा फेसबुकको उपयोग नगर्ने को नै पो होला र म पनि मेरो प्यारासँग यसै मार्फत कुरा गर्छु । यसरि अलि लामो समय म अफलाईनमा बस्दा मलाई खोजेर समय विताउने साथीहरु पनि पाएँ जस्लाईमा सानैबेला देखि राम्रि चिन्छु । बेला बेलामा यसो छेडखानि हुन्थ्यो च्याटिङ्को प्रयोग गरेर । जब म लामो समय त्यो बबुरालाई म्यासेज लेख्दिनँ थेँ तब उ आफै "आजभोलि कता हुनुहुन्छ?", "सन्चै हुनुहुन्छ?", "यति लामो समय कता जानुभाको हो?" यस्तै कुराको लामै म्यासेज आएको हुन्थ्यो । मैले यो कुरालाई त्यति सिरियस रुपले लिएको छैन त लिन्न पनि किनकि हरेक मानिसहरुले फ्याँक्ने जाल यस्तै हो शुरुमा यस्तै यस्तै कुरा गर्छन र अन्तमा फाईदा उठाउने प्रयासमा लागिहाल्छन्  । हुन त त्यो मान्छेले मेरो खाईदेको केहि पनि छैन, न त मैले नै केहि गरेको छु । म कुन समयमा, कुन ठाउँमा, कुन समस्यामा हुन्छु के त्यसैको म्यासेज फर्काएर बस्छु र ? कुरा यतिमा मात्र सकिदैनँ । कहिलेकाहि भेट्ने ठाउँ तोक्छ, समय तोक्छ र पनि आजसम्म भेटेको भने छैन । कुनै दिन कारणबस म पनि किनमेलको शिलशिलामा बाहिर निस्केको थिएँ त्यो समयमा उस्ले म्यासेजमा मिलाएको ठाउँपनि त्यहि परेछ । म मेरो काम सकाएपछि यताउता नहेरि बाईक चलाएर फर्कें तर त्यो बेला उस्ले मलाई भेट्न निकै आँट गरेको रहेछ । पच्छ्याएको पनि रहेछ जब मलाई देख्यो तब ति सबै आँटहरु मरेर गयो रे पछि कुरो गर्दै थियो । किन भनेर सोधेको? त्यति राम्रो लाग्यो रे मेरो जिउडाल । हुन त म पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै दैनिक नानिहरुलाई स्कुल पुर्‌याए पछि २ घण्टा जति कसरत गरेर स्वस्थ रहने प्रयास गरिरहेको पनि छु त्यसैले त्यस्तो देखिएँहोला भनेर आफै पनि एक पटक एेनाको अगाडि गएर आफ्नो जिउडाल हेर्न मन लाग्यो र हेरें पनि । साँच्चै यसो झट्ट हेर्दामात्र हैन मेरो जिउडाल पनि आफैलाई लोभ लाग्ने गरि मिलेको थियो सबैकुरा चुस्त र स्फुर्त छन् । त्यसैले म पनि आफ्नो बडाई सुन्नु परेमा त्यहि मान्छेलाई यसो "हाई" भनेर कुरा सुरु गर्थे अनि सुन्थें आफ्नो बडाई ।

कुरा यसरि नै शुरु हुन्थ्यो

"हाई"
"हेल्लो"
"खाना खानु भो?"
"छैन, पाक्दै छ"
"चिया नास्ता भो?"
"हुदैछ"
"नानिहरुलाई कस्तो छ?"
"अलिअलि बिरामी छ"
"आजको योजना के के छ?"
"केहि छैन, घरायसि काममा बिजि"
"अँ आज मैले तँपाईलाई देखेको थिएँ, तँपाईलाई यो लुगाले कस्तो सुहाएको"
"धन्यबाद!"
"आज म बाहिर जाँदै छु ।"
"बेष्ट अफ लक!!"
"बल्ल आईपुगें, कस्तो गारो भो ।"
"य हो र"
"तँपाईलाई कस्तो छ?"
"म ठिक छु।"

कुरा नै निम्टिन्थ्यो ।

म पहिलेको भन्दा अलि बढि नै नजिक भएको थिएँ । यि र यस्ता कुराहरुबाट र पनि मैले आफूले आफ्नो प्यारालाई छुट्टयाएको समय सकाएपछि, आफ्नो घरपरिवारलाई हेर्ने समय पछि, आफ्नो नानिहरुलाई हेर्ने समय पछि को समय त्यहि च्याटमा बिताउन थालेको थिएँ। आजभोलि यस्तै कुरा सुन्ने बानि नै परिसकेको छ मलाई पनि ।

समय वित्दै गयो अनि समयले कोल्टो फेर्‍यो जस्ले गर्दा आज हामी आफ्नो आफ्नो ठाउँमा व्यस्त बन्नु नै पर्ने बाध्यताको कारणले हामी आज आ-आफ्नो बाटो समाति सकेको भएता पनि बेला बेलामा उनले पनि सम्झने गर्छन र म पनि समय मिल्ना साथ कतै उताबाट केहि खबर आयो कि भनेर यसो खोजजि गर्छु अनि विस्तारै भूत सम्झिदै अफ हुन्छु यस्तै यस्तै गरि समय व्यथित भै रहेको छ, र हुनेछ ।
.....
...
..
.




कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें