लेबल

सोमवार, 2 फ़रवरी 2015

कविता साह्रै राम्रो

पहिलोचोटि उनलाई देख्दा आँखा जुध्यो
तर हेर्दै हेरिनँ
दोश्रो पटक पनि  फिस्स मुस्कुराइयो
र पनि केहि बोलिएन
तेश्रो पटक उनले सबै देखाउँदा नि
मैले वास्ता नै गरिनँ
दाजुको आज्ञाले हेरेँ, ह‍ाँसे
त्यसपछि मैले नथाकुन्जेल छोड्दै छोडिनँ

अनि उनलाई नथाकुन्जेल पढेँ
उनको अस्विकृत भाव देख्दै देखिनँ
अझ भित्र पसेँ , खोतल्दै खोतल्दै
र पनि स्विकार्य भाव नै पाएँ
अनि दाजुको साभारित "रवि नपुगेको ठाउँमा कवि पुग्छन्" उक्ति साह्रै राम्रो
साँच्चै हो दाजै तँपाईले टुइटेको कविता साह्रै राम्रो, साह्रै राम्रो

(२०१५-०२-०२ मा खड्का दाजुले टुइटेको कविता पढ्दा)


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें