चुनाव त आउँछ जान्छ, यो एउटा मेला हो
तर छिमेकीको साथ नै, जिवनको ठुलो साहारा हो
झण्डा फरक होलान हाम्रा विचारमा भिन्नता होला
तर मन फाट्ने गरि नबोलौं, भोलि पछुताउनु पर्ला
दाजुभाइ र इष्टमित्र, एउटै आँगनमा हौं फूल
कसैको बहकाउमा लागेर नगरौं है कुनै भुल
एउटाले जित्ला, एउटाले हार्ला त्यो त समयको कुरा हो
तर सम्बन्ध बिग्रियो भने, सँधैलाई मनमा छुरा हो
आज जोसँग जोरिन्छ रिस, भोलि उसैको काँध चाहिन्छ
बिरामि पर्दा होस या मर्दा, छिमेकी नै पहिलो पाइन्छ
पद र कुर्सि क्षणिक हुन्, मानवियता नै ठुलो धर्म हो
सबैलाई सम्मान गरौं, यहि नै हाम्रो असल कर्म हो
नभनौं कसैलाई नराम्रो, नपोखौं मुखबाट विष
जित्नेले मात्तिनुहुन्छ, हार्नेले पाल्नुहुन्न रिस
संयम बनौं, विवेकी बनौं, मतदान त एउटा अधिकार हो
मिलेर बसेको हाम्रो समाज नै, हाम्रो साँचो संस्कार हो ।
(२०८२ साल फाल्गुन २१ गते हुने चुनावमय समयमा देखेको एकआपसमा देखेको टिउरिहरु देख्दा)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें