लेबल

बुधवार, 6 मई 2026

आरिसको परिणाम

अरुको देख्दा उन्नति, डाहले मन पोल्दछ
आफ्नै मौलिक, अस्तित्व, बिस्तारै मेटिँदैछ
अरुलाइ हेरेर कति चुर हुन्छौ
आफ्नै विवेकको दिप, आफैले नै निभाउँछौ

गरेर डाह अर्काको भलो आफ्नो हुदैन
आरिसको यो बाटोले कतै लक्ष्य छुँदैन
आफ्नै क्षमता बिर्सियौ, अरुकै पछि लागेर
आफ्नै परिचय हरायो, ईर्ष्यामा नै जागेर

सुगन्ध छरि फूल झैं, फुल्नुपर्ने तिमिले त
काँडा बनि अरु बिझ्ने काम गर्यौ किन त
अझै पनि छ त्यो बेला आरिस त्यागी देऊ
सकारात्मक यो भावना मनमा जगाऊ

प्रगतिमा अरुको नि रमाउने मन बनाऊ
आफ्नै पौरख र कर्म संसारसामु देखाऊ
नत्र यो डाहको आगो तिमि मै सल्कनेछ
गुमनाम यो चोला व्यर्थ खरानि बन्नेछ


(शान्त समय; मन लुडिबुडि गर्दै खेल्दै; डाहाले आहा हुन नसकेको जस्तो; स्विकार्न नसकेको व्यक्तिहरु सोच्दै, ललितपुर, बागडोल-४, १५:१२:००)


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें