रुदैछ रसुवा आज, पग्लिएर हिमपहाड झरेछ
हाँस्दै गरेको धेरै बस्ति, बगरमा परिणत भएछ
भोटेकोशी उर्लेर आयो, काल बनेर
खोसेर लग्यो खुशि सबै, ढुंगामा छाति बजारेर
गोसाइँकुन्डको पवित्र काख, आज किन यसरी रोयो
एकै झट्कामा बाढिले यहा, कति गाउँघर धोयो
धुन्चे, स्याफ्रु र टिमुरेतिर केवल क्रन्दन मात्रै छ
पहिरोले पुरिएका आफन्त खोज्दै, आँखाहरु टोलाउँदैछ
लाङ्टाङको फेदिमा हेर, रोइरहेकाछन् सम्पुर्णहरु
खोला त फर्किएला आफ्नै बाटो, फर्किन्नन त कोहि अरु
बुबाले छहारि बग्यो, सन्तानको भविस्य बगायो
रसुवाको यो पाखोमा आज, सन्नाटा मात्रै छायो
प्रकृति तिम्रो यो कस्तो न्याय, पापिलाइ मात्र सजाय दिइ हुने
निर्दोष यो पहाडि मनहरुलाइ, किन यसरि रुवाउन नहुने
भत्किएका ति सपनाका भग्नावशेषमा , जिवन फेरि ब्युताउनु छ
रोएको यो रसुवालाई, एकजुट भई अब उठाउनु पर्छ
(नोट: भाद्र १०, २०८३ रसुवाको बाढिले तहसनहस बनाएको क्षण हेर्दा.....)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें