लेबल

सोमवार, 14 सितंबर 2026

"बोकाको मुखमा कुभिन्डो"

 ए साथी, तिम्रो चालढाल देख्दा, हाँसो उठ्छ मलाई

आकाश छुने सपना देख्छौ, खुट्टा छैन जमिनमै

विचार केहि छैन तिम्रो, कुरा चाहिँ दरबारको

आफ्नो हैसियत भुलेर हिड्छौ, मालिक सारा संसारको


साथिको साथित्वभित्र आघात गर्ने तिमि

अवसर ठुलो थियो तर सम्हाल्न नसक्ने तिमि

के बोल्ने के सोच्ने पनि थाहा नपाउने तिमि

त्यसैले एकै हुनु भन्दापनि दुर हुन नै राम्रो लाग्यो हामि


जिम्मेवारी बाट टाढा भाग्ने तिमि, ढाडस नदेखाउ मलाई

एक क्लिकमा निस्किन्छ अहिलेको समयमा तिम्रै पुरै कुन्डलि 

तिम्रो ठाउँमा तिम्रै पारामा बस्नु, नजिस्काउनु

सक्छौ भुत बिर्सेर वर्तमानलाई अंगाल्दै अघि बढ्नु


गरेको सम्मानलाई अपमान सम्झिने

डाहा गरेर तिम्रै मन अशान्त नबनाऊ

सक्छौ हात तान्न प्रयास गर्नु राम्रो 

सक्दैनो खुट्टा तान्ने कुकर्म गर्ने हो भने टाढै बस्दा राम्रो


थाहा छ, एउटै ओछ्यानमा सुत्दा खुट्टाले छुन्छ भन्ने

मौका थियो, अब गुमिसकेको छ, भुलिसकें साथि थियो भन्ने 

अझै राम्रो गर्दै जाउ जुनसुकै ठाउँमा भए पनि

मेरो नजिक हुने प्रयास नगर्नु भुलेर भइ पनि

-"बसन्त"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें