लेबल

मंगलवार, 24 नवंबर 2026

जन्मदिनको असीम शुभकामना नानि

समयको वेगसँगै दिनहरु बित्दै गए,

तिम्रो खास दिनमा म टाढा कतै अल्झिरहें

जन्मदिनको त्यो सुनौलो पलमा साथ हुन सकिनँ

मनमा थुप्रै रहर हुँदाहुदै शुभकामना सिन सकिनँ 


तर नसोच्नु नानि, तिमिलाइ बिर्सिएको छु भनेर

मेरो मन र मुटुको कुनामा तिम्रो माया सजिएर

साथिको प्यारो सन्तान तिमि र मनको बसेको छोरि हौ

मेरो हर प्राथना अनि आशिर्वादको सबैभन्दा सुन्दर फूल हौ


तिम्रो अंकलको तर्फबाट असिम प्यार छ

तिम्रो जीवनमा सधै खुसिको बहार आओस भन्ने विचार छ

तिम्रो मुहारमा कहिल्यऔ दुखको छाया नपरोस

हर्ष र उमंगले तिम्रो जिवनको हर पाना भरोस


तिमिले चालेका हर कदममा सफलताले चुमुरहोस

तिम्रो उज्जवल भविश्यको खबर सधैं मेरो कानमा गुन्जिरहोस

अंकलको यो सानो कोसेली, शब्दहरुमा बुनेको माया हो

तिम्रो हरेक पाइलामा मेरो आशिर्वादको न्यानो छाया हो


सँधै स्वस्थ रहनु, ज्ञानी बन्नु, आकाश झैं फराकिलो हुनु

आफ्नो आमाबुबाको अनि हामि सबैको गौरव बन्नु

एक आपसमा जोडिनु र निस्वार्थी साथि छान्नु

मेरो तर्फबाट करोडौ करोडौ जन्मदिनको करोडौं शुभकामना, नानु


(बगेको खोला फर्केला या नफर्केला तर मनमा तिम्रो लागि सदैव मिठो सम्झना नानि २०८३ मंसिर १९)



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें