स्थानीय तहको काम, कर्तव्य र अधिकार
काठमाडौं –स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन । वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह हुँदा जनतालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा सरकारको छ ।
क- योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन
१. सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने ।
२. वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्थालगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरुसँग परामर्श, छलफल, सहभागितामूलक प्रक्रियाको अबलम्वन गर्ने ।
३. वडाभित्रका योजनाहरुको कार्यान्वयन, अनुगमन गर्ने ।
४. टोल विकास संस्थाको गठन र परिचालन गर्ने । वडाभित्र संचालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने ।
५. वडाभित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।
ख- तथ्यांक अद्यावधिक तथा संरक्षण
१. निजी घर तथा घर परिवारको लगत राख्ने, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा तथा प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने, खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्टा, मिलआदिको तथ्यांक संकलन तथा अद्यावधिक गरी लगत राख्ने, संरक्षण गर्ने र खण्डकृत तथ्यांक र सूचनासहतिको वडाको पाश्वचित्र तयार तथा अद्यावधिक गर्ने ।