लेबल

शुक्रवार, 19 मई 2017

मानव जिवनमा पालना गर्नुपर्ने केहि कुराहरु:

1, ’रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टोबोल्दा नि फाइदा हुन्छ ।
2)
मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु उसलाई साथी बनाएर ।
3)
शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।
(ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।
4)
मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
5)दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
6)क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।

स्थानीय तहको काम, कर्तव्य र अधिकार

स्थानीय तहको काम, कर्तव्य र अधिकार
काठमाडौं –स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन । वडा कार्यालयबाट तोकिएका सेवा प्रवाह हुँदा जनतालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा सरकारको छ ।
क- योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन
१. सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार वस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अबलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको लागत संकलन, प्राथमिकीकरण तथा छनौट गर्ने ।
२. वडाभित्रका क्रियाशील राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्थालगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरुसँग परामर्श, छलफल, सहभागितामूलक प्रक्रियाको अबलम्वन गर्ने ।
३. वडाभित्रका योजनाहरुको कार्यान्वयन, अनुगमन गर्ने ।
४. टोल विकास संस्थाको गठन र परिचालन गर्ने । वडाभित्र संचालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने ।
५. वडाभित्रका आयोजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।
ख- तथ्यांक अद्यावधिक तथा संरक्षण
१. निजी घर तथा घर परिवारको लगत राख्ने, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा तथा प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने, खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्टा, मिलआदिको तथ्यांक संकलन तथा अद्यावधिक गरी लगत राख्ने, संरक्षण गर्ने र खण्डकृत तथ्यांक र सूचनासहतिको वडाको पाश्वचित्र तयार तथा अद्यावधिक गर्ने ।

रविवार, 29 जनवरी 2017

७५ जिल्लाको नयाँ गाउँपालिका र नगरपालिकाको नामाकरणसहितको सूचीः


gaupalika
स्थानीय तह पुनर्संरचना आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाउँदै ७१९ गाउँपालिका र नगरपालिका हुने प्रस्ताव गरेको छ। यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने पुराना नगरपालिकाबाहेकका लगभग सबै इकाइले नयाँ नाम पाएका छन्। र, यसपटक नयाँ गाउँ र नगरले राजामहाराजाका नामबाट मुक्ति पाएका छन्। यसरी नयाँ नाम प्रस्तावित गर्दा सांस्कृतिक र भाषिक पहिचानका आधारमा भूगोलको नयाँ नामाकरण र पुनर्नामाकरण गरिएको हो।

नयाँ गाउँपालिका र नगरपालिकाको नामाकरणसहितको सूचीः

इलाम
नगरपालिका (४) इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र सूर्योदय नगरपालिका
गाउँपालिका (६) फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माइजोगमाई गाउँपालिका, माङसेवुङ गाउँपालिका, रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिका
ताप्लेजुङ
नगरपालिका (१) फुङलिङ नगरपालिका
गाउँपालिका (८) आठराई त्रिवेणी गाउँपालिका, सिदिङ्वा गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका, याङवरक गाउँपालिका र सिरिजङ्गा गाउँपालिका

शुक्रवार, 8 जुलाई 2016

जानि राखौं काम लाग्छ

.नेपालमा स्वाइन फ्लु बाट मर्ने पहिलो नेपाली को हुन् ?
भवकृष्ण भट्टराई, २०७० पौष २३
.नकारात्मक भोट प्रक्रिया लागु गर्ने नेपाल विश्वमा कति औं मुलुकमा पर्दछ ?
१५ औं
.कास्कीको कुन गाबिसमा जमिन भ्वांग परेको हो ?
अर्मला
.नेपालमा सबैभन्दा बढी रेडपाण्डा कुन जिल्लामा पाइन्छ ?
ताप्लेजुंग
.नेपालमा मापसे चेक जांच कहिले बाट सुरु भएको हो ?
२०६८ मङ्सिर १७
.नेपालका बैज्ञानिक डा. दयानन्द बज्राचार्यको निधन कहिले भएको थियो ?
२०७० कार्तिक २५
.साहित्यकार जगदीश घिमिरेको कहिले निधन भएको हो ?
२०७० कार्तिक १४
.अमरगढी कुन जिल्लामा पर्दछ?
-
डडेलधुरा
.चेपाङ जातिको पुरोहितलाई के भनिन्छ?
-
पाँडे
१०.बिश्व बाताबरण दिवस नेपालमा कहिलेदेखि मनाउन थालियो?
=
सन् 1976

शुक्रवार, 20 मई 2016

मनको कुरा मनसँग

"हाई"
"तँपाईलाई कस्तो छ?"
"खाना खानु भो?"
"चिया नास्ता भो?"
"स्वास्थ्य कस्तो छ?"
"टेक केयर"
"बाई"

यस्ता प्रश्नहरुको उत्तर आदान प्रदान हुँदाहुँदै, तिमिलाई भेट्ने मेरो चाहानाहरु उर्लिएको छाल बनेर आईरहन्थे र त बेलाबेलामा तिमिलाई भेट्न, देख्नको लागि तिम्रो घर नजिकैको पानि भर्ने पँधेरोको माथि रहेको रुखमा बिहानीको लालि अनि गोधुलिमा तिमिलाई हेर्नकै लागि म पर्खि रहन्थें, तिमिलाई एकदिन नछुटाई हेरिरहुँ जस्तो लागिरहन्थ्यो । लाग्थ्यो तिमिलाई सँधै आफ्नो साथमा नै राखौं अनि मन लागेको बेलामा सुटुक्क तिमिसँग मनमा लागेका कुराहरु तिमिलाई सुनाउँ, सदैव तिम्रै अंगालोमा अंगालिईरहन पाउँ जस्तो, समय-समयमा तिमि हाम्रो घरको वरपर आउँदा पनि  मलाई शितलताको अनुभव हुन्थ्यो।

शनिवार, 12 मार्च 2016

चलन

आज भन्दा १ बर्ष अगाडि नेपाल सरकार र विश्व बैकको साझेदारिमा ईभेन्ट परियोजना Enhanced Vocational Education and Training (EVENT) project अन्तर्गत पर्ने जुनियर कम्प्युटर हार्डवेयर टक्निसियनको तालिममा सहभागि हुने मौका पाएँ जुन ३९० घण्टाको थियो जस्को नतिजाको लागि NSTB ले परिक्षा लिएको थियो, त्यो समयको जतिजा एकजना साथिले मलाई हिजो सोधेको थियो। यो घटनालाई सरसर्ति हेर्दा के लाग्छ भने ३९० घण्टाको तालिम ३९० दिन भन्दा बढि, अनि सिकाईको ताल हेर्दा जिस्किन जम्म भए जस्तो, परिक्षा लिनेहरु पैसा कमाउन आए जस्तो लाग्छ बालुवामा पनि हालेजस्तो खै उपलब्धि, यस्को मुल्याङ्कन गर्ने पक्ष कुन ठाउँमा छ?

रविवार, 28 फ़रवरी 2016

मनका कुरा

कहिले-काही अनायासै मन कुडिन्छ, आफ्नै कारणले गर्दा अरु कसैलाई परेको कठिनताले गला अबरुद्ध हुन्छ,
सहि साथको खोजिमा लरबराउँदै फेरि मातिन मन लाग्छ, सायदै ति मेरा मनहरुसँगको नाताले जोडिएका मनहरुलाई तुषारापात गराएको महसुस अनि अनि अनि विस्वास गरेर पनि दिलाउन नसकेको लाचार जिवनयापन गर्दै बाँच्नु ब्यर्थ झैं लाग्नुपर्ने अवस्थामा पनि कुनै मोडहरु भेटिदारहेछन् आषा लाग्दा बिहानिहरु देखिदा रहेछन् ।