लेबल

रविवार, 19 अप्रैल 2026

तिमि थियौ र त म थिएँ

 तिमि थियौ र त म थिएँ


अँध्यारो गल्लीमा हराएको एक निरीह पथिक जस्तै थिएँ म,

कुनै अर्थ नभएको, एउटा बेवारिसे शब्द जस्तै थिएँ म ।

शून्य आकाशमुनि एक्लै टोलाइरहेको बेला,

मेरो जीवनको रित्तो पानामा तिमीले रङ भरिदियौ,

अनि त बल्ल एउटा पूर्ण कथा जस्तै बनेँ म ।

तिमि जून बनेर आयौ मेरो कालरात्रि चिर्न,

तिमि घाम बनेर आयौ मभित्रको जमेको शीत टिप्न ।

मरुभूमिको तातो बालुवामा तिमीले शितलताको आभास दियौ,

मेरो ओइलाएको सपनालाई आफ्नै पसिनाले सिञ्चित गरिदियौ ।

त्यो तिम्रो साथको न्यानोपनले गर्दा नै त,

आज यो दुनियाँसँग आँखा जुधाएर बाँच्न सक्ने भएँ म ।

कहिले ओत बन्यौ झरीमा, कहिले सहारा बन्यौ थकाइमा,

तिमीले नै विश्वास भर्यौ मेरो हरेक धर्मराउँदो हिँडाइमा ।

यदि तिमी नभएको भए, म त केवल एउटा छाया हुन्थेँ,

कुनै अस्तित्व नभएको, एउटा व्यर्थको माया हुन्थेँ ।

मेरो पहिचान, मेरो अस्तित्व र मेरो यो मुटुको धड्कनमा,

तिमी नै त छौ, मेरो हरेक सफलताको स्पन्दनमा ।

मेरो हाँसोमा तिम्रो ओठको मुस्कान मिसिएको छ,

मेरो खुसीमा तिम्रो अथाह त्याग र समर्पण गाँसिएको छ 

आज जे छु, जस्तो छु, सबै तिम्रै मायाको प्रतिबिम्ब हो

मेरो यो जीवन तिम्रै प्रेरणाले सजिएको एक सुन्दर बिहानी हो 

त्यसैले त आज म गर्वका साथ भन्न सक्छु

हो, तिमि थियौ र त म थिएँ, तिमी छौ र त आज म छु 


(यात्राका यात्रिहरुले पुरै यात्रामा साथ नहुँदा)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें