बसन्तयाम
पारिलो घाम
पालुवा मुनाको घाँस
सुकेको दाउरा
संहेलि उहिखालको
दस आँखा तितरवितर
कोहि घाँस, कोहि दाउरा
कोहि गित, कोहि सुसेलि
जब ४ आँखा
छत्रछाँया पल्टेका
आँखा-आँखा हेराहेर
अझै गहिरिदैं
केहि खोजिरहेको भान्
नानाथरिका शब्द
जुन बुझ्न नै नसकिने
कहिले अट्टहाँस, मुस्कान
कहिले पिपिरि, मालिङ्गो
डाँडा, पाखा, बुट्यान, रुख
भारि पुग्यो, हाम्रो शुरु नै भएको छैन
सबैजना फर्किसकेको आभाष
अकस्मात् दर्के झरि
सानो ओडार
एक अर्काको ढुकढुकि सुन्न सक्ने समिपता
पसिनाको बासना
बढिरहेको प्रश्वास
झसङ्ग मन
र पनि तन तानिन्छ
मन सम्हालिन्छ
समाज, नाता-सम्बन्ध
अनि सम्हालियौं
धन्न २ मुटु बाट १ भएन
अझै मडारिन्छ मन
झस्याङ्ग हामि
हस्याङ्ग, फस्याङ्ग भारि तयार
फेरि भेट्ने वाचा सहित
छुट्टिएका ४ आँखा
आ-आफ्नो घर
अझै बेला बेलामा
मन कुतकुतिन्छ
हाल केहि नहुने रहेछ नि जस्तो
र पनि
हामि सम्हालिएको सम्झिँदा
सलाम गर्न मन लाग्छ
सलाम! सलाम!! सलाम !!!
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें